News Category 2081/03/31
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
मिटर व्याज पीडित संघर्ष समितिले आइतबार सप्तरी जिल्ला अदालत अगाडी प्रदर्शन गर्दै धर्ना दिएका छन् ।
मिटर व्याज पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष मो.तैयवको अगुवाईमा प्रहरीद्वारा पक्राउ परेका सप्तरीका मिटर व्याजी रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन र अदालत अगाडी धर्ना दिइएको हो ।
सप्तरीको खडक नगरपालिका निवासी मिटर व्याजी रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा सजाय दे, रामदेव साहको परिवारले हड्पेको जग्गा निसर्त फिर्ता गर, रामदेव साहलाई पक्राउ गरी कारबाही गर लगायतका नारा उल्लेखीत प्लेकार्डसहित नगर परिक्रमा पश्चात् पीडितहरुले विहान १० बजेदेखि जिल्ला अदालत अगाडि शान्तिपुर्ण प्रदर्शन सहित धर्ना दिएका छन् ।
मिटर ब्याजी रामदेव साह हालसम्म फरार छन् । २०७९ साल जेष्ठ २६ मा साहका छोरा नन्दकिशोर धरानबाट र २८ गते छोरी अनुराधा पक्राउ परेकी थिइन । ती दुबै जना मध्ये छोरी अनुराधा विराटनगर र छोरा नन्दकिशोर पूर्पक्षका लागि अहिले राजविराज कारागारमा छन् । पछिल्लोपटक उनका श्रीमती शिवकुमारीलाई पनि प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
धरानबाट असार २६ गते पक्राउ परेकी साहको जिल्ला अदालतमा आइतबार थुनछेक बहस चलिरहदा पीडितहरुद्वारा बाहिर धर्ना र प्रदर्शन गरिएको हो । पक्राउ परेका साहमाथी पनि कडा कारवाही हुनुपर्ने आफूहरुको मुख्य माग रहेको संघर्ष समितिका अध्यक्ष मो. तैयवले बताए ।
रामदेव साह र उनको परिवार विरुद्ध २०७८ सालमा ठगी अपराधिक तथा बिश्वासघात मुद्दा ईलाका प्रहरी कार्यालय कल्याणपुरमा दर्ता भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ