News Category 2081/04/04
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी

दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीले संस्थाका संचालक समितिका सचिवलाई पक्राउ गरेको छ ।
उक्त प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले जनप्रतिनिधी समेत रहेका राजविराज ३ का प्रतिष्ठित औषधी ब्यवसायी सिद्धार्थ तातेडलाई पक्राउ गरेको हो ।
विहीवार साँझ घरबाटै पक्राउ परेका तातेडलाई शुक्रवार सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधीक विश्वासघात मुद्दामा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमती प्रदान गरेको छ ।
बि.स. २०८० साउन १९ गते बचतकर्ताको रकम फिर्ता नगरी संस्थाका सात जना संचालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सात सदस्यीय संचालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य ५ जना संचालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिए ।
संचालक समितीमाथी बचतकर्ताको १ करोड ३३ लाख २० हजार ८ सय २३ तथा संस्थाको ८८ लाख १७ हजार ६ सय ७७ गरी कुल २ करोड २१ लाख ३८ हजार ५ सय रुपैया घोटाला गरेको आरोप रहेको प्रहरीको भनाई छ ।
अनुसन्धानको क्रममा अदालतबाट संचालक समितीका सबै सातै जना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि तातेडलाई पक्राउ गरिएको र अन्य फरार आरोपितहरुको खोजी कार्य भईरहेको डिएसपी नेउपानेले बताए ।
संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।
राजविराज नगरपालिका वडा नं. ३ का निर्वाचित वडा सदस्य तथा राजविराज जेसिजका पूर्व अध्यक्ष समेत रहेका तातेड कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को संचालक समितीका सचिव हुन ।
यसअघि विदेशबाट आईएमईमार्फत पठाइएको विभिन्न ग्राहकको गरी १ करोड ७६ लाख रुपैया लिएर आईएमइ संचालक राजविराजका चर्चित ब्यापारी दाजु÷भाई सुनिल सिन्धी र संजय सिन्धी फरार भएका थिए ।
सिन्धी दाजु÷भाई अझै फरार छन । अघिल्लो वर्ष शाखा नै बन्द गरी फरार भएका सिन्धी दाजु÷भाइ भारतमा लुकेर बसेका हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले सिन्धी दाजु÷भाइको पनि खोजी कार्य तिब्र बनाइएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ