News Category 2081/04/07
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा ब्याजसहित रकम फिर्ता

दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले आफ्नो नीजि पोखरीमा निर्माण भएको घाटको लागत खर्च र ब्याजसहितको रकम फिर्ता गरेका छन् ।
उनले सो रकम साउन ६ गते बैंकमार्फत नगरपालिकाको राजस्व खातामा जम्मा गरेका हुन् ।
नगरपालिकाको वडा नं. ८ प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माणका लागि आ.ब. ०७९÷८० को ५ लाखको बजेट विनियोजन भएको थियो । सो रकम मध्ये ४ लाख ८४ हजार ७ सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।
पालिका प्रमुख मलाहले उक्त कार्यका लागि आवश्यक पर्ने जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा हाल बैंकमा धितोमा रहकोले नगरपालिकालाई हालसम्म उपलब्ध गराउन सकेका थिएनन् ।
सोही क्रममा नीजि पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि लागत रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरेको नगर प्रमुख मलाहले जानकारी दिए । उनका अनुसार घाट निर्माणमा लगानी गरिएको ४ लाख ८४ हजार ७ सय ३० को व्याजसहित ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरिएको छ ।
रकम जम्मा गर्दै उनले सार्वजनिक हितका लागि घाट प्रयोगमा कुनै बाधा नपु¥याउने प्रतिबद्धता समेत जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
- 2082/01/01 शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
- 2082/01/01 काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने
- 2082/01/01 एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ