News Category 2081/04/07
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा ब्याजसहित रकम फिर्ता
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले आफ्नो नीजि पोखरीमा निर्माण भएको घाटको लागत खर्च र ब्याजसहितको रकम फिर्ता गरेका छन् ।
उनले सो रकम साउन ६ गते बैंकमार्फत नगरपालिकाको राजस्व खातामा जम्मा गरेका हुन् ।
नगरपालिकाको वडा नं. ८ प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माणका लागि आ.ब. ०७९÷८० को ५ लाखको बजेट विनियोजन भएको थियो । सो रकम मध्ये ४ लाख ८४ हजार ७ सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।
पालिका प्रमुख मलाहले उक्त कार्यका लागि आवश्यक पर्ने जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा हाल बैंकमा धितोमा रहकोले नगरपालिकालाई हालसम्म उपलब्ध गराउन सकेका थिएनन् ।
सोही क्रममा नीजि पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि लागत रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरेको नगर प्रमुख मलाहले जानकारी दिए । उनका अनुसार घाट निर्माणमा लगानी गरिएको ४ लाख ८४ हजार ७ सय ३० को व्याजसहित ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरिएको छ ।
रकम जम्मा गर्दै उनले सार्वजनिक हितका लागि घाट प्रयोगमा कुनै बाधा नपु¥याउने प्रतिबद्धता समेत जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ