News Category 2081/04/08
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
सप्तरीको कंचनरुप नगरपालिका ८ की ५६ वर्षिया जयमाला गुप्ताको पहिचान खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता नदेखाएको मृतकका छोराले गुनासो गरेका छन् ।
मृतक महिलाको जेठो छोरा डा. तुलाकृष्ण गुप्ताले मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी दोषी पत्ता लगाइ कारवाहीको माग गरेका छन ।
उनका अनुसार गत जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै वेरियर क्षेत्रमा आयोजित धार्मिक समारोहमा सहभागी भई ४ वर्षिय नाती रियान्स संगै घर फर्कने क्रममा राती ८ः३० बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो ।
गम्भीर घाईते भएकी उनलाई उपचारका लागी राती नै विराटनगर पु¥याइ नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उपचार कै क्रममा जेठ १५ गते आमाको निधन भएको छोरा डा.गुप्ताले बताए ।
मस्तिष्कमा गहिरो चोट लागेका कारण आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको र सोको रिर्पोटहरु पनि इलाका प्रहरी कार्यालय कंचनपुरमा बुझाइसकेको उनले बताए । जुुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एशोसिएट प्रोफेसरको जिम्मेवारीमा समेत रहेका डा.गुप्ता विगत २ महिना देखि काममा फर्कन सकेका छैनन ।
आमाको मृत्युका कारक ब्यक्ती बारे पत्ता लगाई दिन भन्दै दिनहुँ प्रहरी प्रशासनमा दौडधुप गर्दै २ महिना वितेको उनले सुनाए । उनले घटनाका सम्बन्धमा सत्यतथ्य छानवीन गर्न र दोषि पत्ता लगाउन इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र तत्कालिन गृहमन्त्री रबीलामिछाने सम्म समेत पुगेको तर अनुन्धानको आश्वासन बाहेक केही पाउन नसकिएको गुनासो समेत पोखे ।
प्रहरीले गर्नू पर्ने काम आफुले गर्नु परिरहेको पीडा पोख्दै प्रत्यक्षदर्शीहरु खोज्ने र प्रहरीमा बयानका लागी पु¥याउने काम मै समय वित्ने गरको तर प्रहरीले आफ्नो स्तरबाट खासै सकृयता नदेखाएको उनको गुनासो छ ।
मृतक महिलाका देवर विश्वनाथले घट्नाको २ महिना वित्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेकोमा आक्रोश पोख्दै अब धर्ना, प्रर्दशन र अनशनमा वस्ने तयारीमा लागेको बताए ।
यता प्रहरीले सो दुर्घट्नाबारे आफन्तले तत्कालै जानकारी नगराएको बताउँदै अनुसन्धान भने जारी रहेको जनाएको छ । घाईतेलाई अस्पताल पु¥याएको २ दिन पछि मात्र अस्पतालबाट आफन्तले सो घट्नाबारे जानकारी गराएको इलाका प्रहरी कार्यालय कंचनपुरका एक प्रहरी अधिकारीले बताए । यद्धपी ढिलो गरी जानकारी आएपनि प्रहरीले आफ्नो श्रोत साधन परिचालन गरी घट्नाबारे अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ