News Category 2081/04/11
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरले आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) संजय मेहतालाई भुक्तानीको विषयलाई लिएर शुक्रबार अपहरण गर्ने धम्की दिएका छन् ।
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द, जनस्वास्थ्य निरिक्षकहरु पंकज कुमार यादव, राजाबाबु मेहता, महाबिर यादव, जिन्सी शाखाका जितेन्द्र झा, सिअहेबद्वय बालकुमार यादव, दिपेन्द्र प्रसाद यादव, ल्याब टेक्निसियन राजेश यादव, लेखापाल संजय मेहता, सूचना प्रविधि अधिकृत दिपक मेहता र नायब सुब्बा अरुण यादवलगायत १५ जना कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भुक्तानीको विषयलाई लिएर जनप्रतिनिधिले दिएको यस्तो धम्कीप्रति गम्भिर आपत्ति जनाएका छन् ।
वडा अध्यक्ष ठाकुर र डोर हाजिरीमा कार्यरत कर्मचारी रामरुप शर्मा समेतले लेखापाल मेहतालाई कार्याललयको आफ्नै कक्षमा शुक्रबार काम गरिरहेको बेला भुक्तानीको विषयमा विवाद गरी दुव्र्यहार, गालिगलौज लगायत अपहरण गर्ने जस्ता डर त्रास धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा धम्कीका कारण कार्यालयमा बसी कामकाज गर्न असुरक्षित महसुस भएको र कामकाज गर्न नसकिने वातावरण सृजना भएको भन्दै अमानविय घटनामा संलग्न जो कोही उपर तत्काल कडा भन्दा कडा कारवाही गर्न सम्बन्धी निकायसँग माग गरिएको छ ।
साथै दोषिहरुमाथी यथासिघ्र कडा कारवाही नभए कार्यालयमा काम गर्न नसकिने समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ