News Category 2081/04/14
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का एक पीडित परिवारले घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको भन्दै गुनासो गरेका छन् ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि पीडित परिवार मध्येका प्रीतम पासवानले आफुसहित आफ्नो परिवारका सदस्यमाथी हत्या गर्ने मनसायले निर्घात कुटपिट गर्नेमाथि ज्यान मार्ने उधोग मुद्दा दर्ता गरेको ३६ दिन पुग्दा समेत प्रहरीले घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा नलिई उल्टै संरक्षण दिएको आरोप लगाएका छन् ।
घटना विवरण अनुसार पोखरीको डिलमा बस्दै आएका भुमिहिन दलित समुदायको ढलान रोड बनाउने क्रममा घर भत्काउन जांँदा विवाद उत्पन्न भएको थियो । २०८१ असार १ गते ती परिवारलाई सोही विवादमा स्थानीय हरिसुदन यादव, निरज यादवसहितका ७ जनाको समूहले घरेलु हातहतियार र लाठीले आक्रमण गरि घाइते बनाएका थिए ।
उनीहरुको आक्रमणमा परी ५५ बर्षिय पृतम पास्वान, उनकी पत्नी ५३ बर्षिय मुसनी देवी पास्वान, छोरा बर्ष ३२ को रन्जित पासवान, छोरीहरु बर्ष २५ की रितु पासवान, बर्ष १९ की राखी पासवान तथा बुहारी ३० बर्षिय सरिता देवी पासवान घाइते भएका थिए । ती सबै घाइतेको उपचारमा तीन लाख भन्दा बढी खर्च समेत भएको उनले बताए ।
घटनामा संलग्नहरु खुलेयाम हिड्दा समेत प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सक्रियता नदेखाएको आरोप लगाउंँदै उनले घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरी कारबाही चलाउन आग्रह समेत गरे ।
घटनामा संलग्नहरु घरमै भएको जानकारी दिन जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पातो पटकपटक धाउंँदा समेत सुनुवाइ नभएको उनले दुखेसो पोखे ।
कुटपिटमा संलग्नलाई कानुनी कारबाही तथा औषधि उपचारमा भएको खर्च उपलब्ध गराउन साथै घरमा शान्तिपुर्वक बस्ने बाताबरण मिलाई दिन पहल गरिदिन संचारकर्मी तथा स्थानीय प्रशासन, मानवाधिकारकर्मीसहित सरोकारवालाहरुलाई सोही पत्रकार सम्मेलन मार्फत पीडितपरिवारले आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ