News Category 2081/04/15

वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना

दैनिक समाचारदाता

वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ मा सर्वजानिक पोखरी ठेक्कामा लगाए वापत उठाइएको राजश्व रकम हिनामिना भएको छ । 
    वडा अध्यक्ष कर्ण देव चौधरीले सर्वजानिक पोखरी ठेक्कामा लगाए वापत उठाएको राजश्व हिनामिना गरेका हुन् । अध्यक्ष चौधरीले २०७५÷०७६ मा ऐन विपरित वडाको १८ वटा सर्वजानिक पोखरी ठेक्कामा लगाए करिव १४ लाख ५० हजार राजश्व उठाएर नगरपालिकाको खतामा ४ लाख ५० हजार मात्र बुझाएर बाकी रकम हिनामिना गरेको स्रोतको दावी छ ।     यता रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्ष पछि सार्वजानिक पोखरी ठेक्कामा संग्लन व्यक्तिहरुलाई बयानका लागि बोलाएका छ । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नगरपालिकालाई साउन ३ गते पत्रचार गर्दै ठेक्कामा संग्लन व्यक्तिहरुलाई श्रवण ९ गते व्यानका लागि उपस्थित गराउन भनेको थियो । आयोगले डाक्नेश्वरी ९ का पोखरी ठेक्का बोलकबोल गर्ने राम नरायण मेहता, रामदेब साह, हरेराम साह, राम नारायण साह, रामसुन्दर यादव र नेपाली यादवलाई बयानका लागि बोलाएको थियो । 
    पोखरी ठेक्कामा लगाएवापत पहिलो वर्षको रकम १४ लाख ५० हजार रुपैयाँ राजश्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष चौधरीले आफैंसँग राखेको पोखरी ठेक्का बोलकबोल गर्ने व्यक्तिहरुको प्रतिक्रियाबाट बुझिएको छ । 
    सार्वजानिक पोखरी ठेक्काको राजस्व रकम हिनामिना सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपिछ नियम विपरित पोखरी ठेक्का लिने व्यक्तिहरुलाई राजश्व रकम फिर्ता गरेका छन् । ठेक्का बोलकबोल गरी राजश्वका लागि अध्यक्ष चौधरीलाई बुझाइएको रकम पुनः ठेक्केदारलाई नै फिर्ता दिइएको छ । पोखरीका ठेक्केदार सामदेब साहले अध्यक्षलाई बुझाएको राजश्व वापतको रकम फिर्ता लिएर वडा कार्यालयमा भरपाई गरिदिएको बताए । बयानका लागि वोलाएका ६ जना मध्ये ५ जनाले कानून विपरित राजश्वका लागि जम्मा गर्न दिएको पैसा फिर्ता लिएको वडाका एक कर्मचारीले बताए । एक जना ठेक्केदारको मृत्यु भएका कारण उनको पैसा वडा अध्यक्ष संगै रहेको समेत उनले प्रतिक्रिया दिए ।
    अनुसन्धानका लागि डाक्नेश्वरी नगपालिकासँग २०७६ सालमा पोखरी ठक्का सम्बन्धी भएको निर्णय तथा ठेक्का प्रक्रियाको सम्पुर्ण कागजातहरु माग गरेको प्रमूख प्रशासकिय अधिकृत कुन्दन  कुमार कर्णले बताए । अध्यक्ष चौधरी विरुद्ध रकम हिनामिन गरेको करिव एक दर्जन उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग परेको छ । जसको अनुसन्धान भईरहेको छ । अध्यक्ष चौधरी डाक्नेश्वरी नगरपालिका वडा ९ मा नेकपा एमालेबाट दोस्रोपटक जितेका हुन् । उनको विरुद्धमा वडा कार्यालयबाट विभिन्न शिर्षकमा करिव ६० लाख रुपैयाको दुरुपयोग गरेको अख्तियारमा उजुरी परेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट