News Category 2081/04/16
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस युनियन सप्तरीका उपाध्यक्ष एवं राजविराज दैनिक पत्रिका पत्रकार नवीनकुमार गुप्तामाथी स्थानीय ठेकेदारले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “समाचार लेखेको आधारमा पत्रकारलाई ज्यान लिनसम्मको धम्की दिने कार्य निन्दनीय छ । समाचारका विषयमा चित्त नबुझेको अवस्थामा काुनी उपचारमा जान सकिने बाटो हुँदाहुँदै कानुन हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरी पत्रकारलाई धम्की दिएर त्रसित पार्ने कार्यको नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ ।”
घटनाको छानबिन गरी पत्रकार गुप्तालाई धम्की दिने मण्डललाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी, प्रशासन समक्ष नेपाल प्रेस युनियनले आग्रह गर्दै विज्ञप्तिमा प्रेस स्वतन्त्रता बिरोधी यस्ता कार्य भविष्यमा नदोहरिन भन्नेतर्फ सचेत गराउँदै संचारकर्मीलाई निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जन ागर्न प्रेस युनियनले सम्बन्धित पक्षको ध्यान आकृष्ट गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ