News Category 2081/04/17
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
समाचारको विषयलाई लिएर पत्रकारलाई फोनमार्फत धम्क्याउने महादेवा गाउँपालिका ६ का अभिशेक मण्डल बिहीबार पक्राउ परेका छन् । उनलाई राजविराजबाट पक्राउ गरेको हो ।
राजविराज दैनिक पत्रिकाका प्रकाशक तथा समाचार संयोजक तथा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष समेत रहेका नवीनकुमार गुप्ताले साउन ११ गते उक्त पत्रिकामा “महादेवा गाउँपालिकामा कामै नगरि करोडौंको भुक्तानी” शिर्षक राखी अनियमितता सम्बन्धी समाचार लेखेका थिए । सोही विषयमा मण्डलले आफ्नो नाम कीन छापेको ? भन्दै पत्रकार गुप्तालाई मोबाइलमा गालीगलौज तथा ज्यान मार्ने धम्की दिएका थिए ।
समाचार लेखेको निहुँमा पत्रकारलाई धम्की दिने मण्डललाई अविलम्ब पक्राउ गरि कानुनी कारवाहीको माग गर्दै पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध रुपमा आन्दोलन चलाएका बेला मण्डल पक्राउ परेका हुन् ।
यसैबीच बिहीबार नै पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवणकुमार देवको नतृत्वको पत्रकारहरुको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवलाई ध्यानाकर्षण पत्रमार्फत पत्रकार धम्क्याउने मण्डलमाथी कडा कानुनी कारवाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ