News Category 2081/04/23
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी

दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारहरुलाई कोठामा थुनेर दुव्र्यहार गरेको भन्दै पीडित पत्रकारहरुले बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको रिपोटिङ गर्न गएका पत्रकारहरुलाई दुव्र्यहार गरिएको थियो ।
रिपोटिङ गरिरहेका बेला कान्तिपुर टिभिका सप्तरी संवाददाता रामनारायण विश्वासको क्यामराको माइक अध्यक्ष तथा उनका लठैतहरुले अभद्र व्यवहार गर्दै खोसेका थिए । सोही क्रममा राजविराज दैनिकका समाचार संयोजक नवीनकुमार गुप्ता र नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द रामको मोबाइल खोस्ने प्रयास गर्नुका साथै ढोका लगाएर अभद्र व्यवहार समेत गरिएको थियो । विश्वास पत्रकार महासंघ सप्तरीका सचिव हुन भने गुप्ता कोषाध्यक्ष र राम कार्यसमितिका सदस्य हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यलाई सो जाहेरी बुझाइएको हो ।
शरीर बन्धक, गाली बेइज्जती, अभद्र व्यवहार गरेको कसुरमा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, गाउँपालिकाका खरिदार (स्टोरकिपर) रामविलास यादव, सोही गाउँपालिका वडा नं.३ का संजित मण्डल, वडा नं. ५ का रामअवतार मण्डल, वडा नं.४ का जितेन्द्र भन्ने संजित पटेल र वडा नं.४ कै घंसी भन्ने घनश्याम मण्डल बिरुद्ध पत्रकारहरु रामनारायण विश्वास, नवीनकुमार गुप्ता र विद्यानन्द रामले संयुक्त रुपमा जाहेरी दिएका छन् ।
यसैबीच फ्रिडम फोरम, आमसंचार प्राधिकरण मधेश प्रदेश, नेपाल प्रेस युनियन सप्तरी र प्रेस मञ्च नेपाल सप्तरी, समाजवादी प्रेस संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारि गर्दै पत्रकारहरुलाई बन्धक बनाई गरिएको दुव्र्यहारप्रति घोर आपत्ति जनाएको छ । ती विज्ञप्तिहरुमा जनप्रतिनिधि जस्तो व्यक्तिको नेतृत्वमा भएको यस्तो घटनाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको ठहर गर्दै यस्ता घटनामा संलग्न दोषिमाथी कारवाहीको माग समेत गरिएको छ ।
विज्ञप्ति मार्फत राज्यको सबै सरोकारवाला निकायलाई पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि गम्भिर हुनु पर्नेमा जोड दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ