News Category 2081/04/29
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
दैनिक समाचारदाता
जनकपुरधाम, २९ साउन ।
जनकपुरधामस्थित जनकपुर एफ.एम.मा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ ।
आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनलाई मंगलबार २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
हाल २९ वर्षिया उनी जनकपुर एफ.एम. १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । केपी खबर डट्कम्को म्यानेजिङ्ग डायरेक्टरको रुपमा समेत कार्यरत रहेकी उनी विगत ९ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय छिन् । गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोकर्मी झाको थप उपचार गरिएको थियो ।
मधेश प्रदेश प्रदेश सरकारको मन्त्री परिषद्बाट पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो । सोही अनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९÷०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो ।
सुरुका दुई वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्दैआएकोमा गत आ.ब.मा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार चालु आ.व.२०८१÷०८२ को बजेटमा भने मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने गरी ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रुपमा रहेको प्राधिकरणले गरेको बीमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्य समेत रहेकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना पत्रकार महिलाको नाम राष्ट्रिय बीमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ