News Category 2081/05/02
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
सप्तरीको एक यस्तो मन्दिर जुन मूर्ती स्थापना नहुँदै जीर्ण बन्दै गएको छ । साढे दुई वर्ष अघि जिल्लाको बोदेबरसाइन नगरपालिका १ स्थितमा निर्माण भएको राधाकृष्ण मन्दिर मुर्ती स्थापना हुन नपाउँदै जीर्ण बन्न लागेको हो ।
सो नगरपालिका १ गहनौरीस्थित प्रस्तावित राधाकृष्ण मन्दिर भवनको छाना र भित्ता ठाउँ ठाउँमा चर्किन थालेको छ । यस्तो विजोग हुँदा समेत कोही जवाफ दिन तयार देखिन्न् ।
मन्दिर निर्माणमा १० लाख रुपैया लगानी गरेको सो नगरपालिकाका जिम्मेवार जनप्रतिनीधीले यसको स्पष्ट जानकरी दिन सकेका छैनन् । अढाई वर्ष अघि बनेको मन्दिरमा अहिलेसम्म मूर्ती स्थापना नहुनु र लाखौको लगानी गरी बनाइएको मन्दिर भवन जीर्ण हुन लाग्दा पनि मर्मत सम्भारको प्रयास नगरपालिकाबाट नहुनु बारे नगरप्रमुख आतेश सिंहलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
सो वडाका अध्यक्ष रविन्द्र साहलाई फोन सम्पर्क गर्दा उनको छोराले उठाए र “बुवा बाहिर गएको” जवाफ फर्काए । वडा सदस्य विजय कुमार चौधरी संग जिज्ञासा राख्दा उनले आफुलाई यसबारे केही थाहा नभएको बताउँदै पन्छिए ।
यस्ते उपनगर प्रमुख रेणु साहसँग यसबारे बुझ्न खोज्दा उनले पनि सो मन्दिर भवनबारे कुनै जानकारी आफुसँग नरहेको बताउदै योजना शाखामा सम्पर्क राख्न भन्दै मोबाईलको स्विच अफ गरिन् ।
अढाई वर्ष अघि तत्कालिन वडाअध्यक्ष धिरेन्द्र यादवको पालामा नगरपालिकाको १० लाख तथा स्थानीयको चन्दा सहयोगबाट सो मन्दिर भवनको निर्माण कार्य सम्पन्न गरिएको थियो । मन्दिर भवन निर्माण कार्य सकिएपछि भारतको जयपुरबाट भगवान राधाकृष्णको मुर्ती ल्याएर स्थापना गर्ने योजना बनाइएको थियो ।
तर, चुनाव नजिकीएकाले चुनाव पछि नै मुर्ती स्थापना गर्ने तत्कालिन वडाअध्यक्ष यादवको तैयारी थियो । संयोगवश उनी चुनावमा झिनो मतान्तरले पराजित हुन पुगे । प्रतिद्वन्दीले सुरु गरेको योजनामा लगानी गरे “बेकार” हुने ठानेर वर्तमान वडा अध्यक्ष साहले मन्दिरको संरक्षण र मुर्ती स्थापनमा चासो नदेखाएकाले मन्दिर भवन यस्तो अवस्थामा पुगेको निवर्तमान वडाअध्यक्ष यादवको भनाई छ ।
उनले नगरपालिकाको १० लाख तथा स्थानीयवासीको थप सहयोगमा भव्य मन्दिर भवन निर्माण गरिए पनि नयाँ जनप्रतिनीधीले वेवास्ता गर्दा मूर्ती विनाको मन्दिर बन्न पुगेको बताए ।
आफ्नो कार्यकालमा भवन निर्माण र रंगरोगन कार्य गरिएपनि नयाँ जनप्रतिनीधीले एउटा देवी देवताको मूर्ती राख्न र मर्मत सम्भारमा कुनै चासो न देखाउनु दुःखद भएको उनको गुनासो छ ।
“भक्तजनको भीड लाग्नु पर्ने ठाँउ अहिले अलपत्र र सुनसान रहने गरेको छ । फाटफुट आउने मानिसले पनि हँस्सीमजाक गर्छन, स्थानीवासी कौशल कुमार साह भन्छन–यस तर्फ सबैको ध्यान जानु जरुरी छ ।”
उक्त मन्दिरलाई पालिकाले प्राथमिक्ता दिएर मूर्ती स्थापना, मर्मत सम्भार र संरक्षण गरी धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्नू पर्ने स्थानीयले माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ