News Category 2081/05/04
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
एक वचतकर्ताले राजविराजस्थित एनआईसी एशिया बैंकले स्वास्थ विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो गरेका छन ।
विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले एक वर्ष वित्न लाग्दा पनि प्रतिबद्धता अनुसारको स्वास्थ्य बिमा वापतको रकम भुक्तानी गर्न आलटाल गरिरहेको राजविराज ७ निवासी ४४ वर्षिय रमाकान्त साहले गुनासो गरेका हुन् ।
उनले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत आफुले पाउनु पर्ने स्वास्थ्य उपचार खर्च रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरीरहेको गुनासो पोखे ।
१२ महिना अघि उनका पत्नी रागीनी कुमारी साहले सो बैंकको राजविराज शाखामा १ लाख रुपैया जम्मा गरी स्वास्थ्य विमा सुविधा लाभ पाउने गरी डायमण्ड बचत खाता खोलेका थिए । उक्त बचत खाता योजना अन्तर्गत खाताधारी सहित उनका परिवारका ४ जना सदस्य मध्ये कोही विरामी पर्दा उपचार खर्च दाबी गर्न सकिने व्यवस्था र सुविधा रहेको जनाईएको थियो ।
संयोगवश १२ महिना अघि रागिनीका पति रमाकान्त विरामी परे । उनको गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गरिएको थियो । उनी अहिले महिनै पिच्छे स्वास्थ्य परिक्षणका लागी अस्पताल पुग्ने गरेका छन । तर बैंकबाट हाल सम्म एक सुुको पनि नपाएको उनको गुनासो छ ।
साहले उपचारका क्रममा भएको खर्च ९ हजार ३ सय ६७ रुपैयाको विल सहित आवश्यक सम्पुर्ण कागजात बुझाई सकेका छन । तर बैंकले प्रक्रिया मै रहेको त कहिले फाईल पत्ता लगाएर भन्छु भन्दै फर्काउने गरेको साह परिवारको गुनासो छ । पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाएपनि धेरै जसो बचतकर्ता पटयारलाग्दो पर्खाइमा रहेको बुझिएको छ ।
यता बंैकका शाखा प्रबन्धक इश्वर यादवले डायमण्ड बचत योजना अन्तर्गत साहले पाउनु पर्ने उपचार खर्च हाल सम्म किन पाउन सकेन भन्ने बारे केन्द्रसँग बुझ्ने काम भईरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ