News Category 2081/05/04
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
एक वचतकर्ताले राजविराजस्थित एनआईसी एशिया बैंकले स्वास्थ विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो गरेका छन ।
विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले एक वर्ष वित्न लाग्दा पनि प्रतिबद्धता अनुसारको स्वास्थ्य बिमा वापतको रकम भुक्तानी गर्न आलटाल गरिरहेको राजविराज ७ निवासी ४४ वर्षिय रमाकान्त साहले गुनासो गरेका हुन् ।
उनले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत आफुले पाउनु पर्ने स्वास्थ्य उपचार खर्च रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरीरहेको गुनासो पोखे ।
१२ महिना अघि उनका पत्नी रागीनी कुमारी साहले सो बैंकको राजविराज शाखामा १ लाख रुपैया जम्मा गरी स्वास्थ्य विमा सुविधा लाभ पाउने गरी डायमण्ड बचत खाता खोलेका थिए । उक्त बचत खाता योजना अन्तर्गत खाताधारी सहित उनका परिवारका ४ जना सदस्य मध्ये कोही विरामी पर्दा उपचार खर्च दाबी गर्न सकिने व्यवस्था र सुविधा रहेको जनाईएको थियो ।
संयोगवश १२ महिना अघि रागिनीका पति रमाकान्त विरामी परे । उनको गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गरिएको थियो । उनी अहिले महिनै पिच्छे स्वास्थ्य परिक्षणका लागी अस्पताल पुग्ने गरेका छन । तर बैंकबाट हाल सम्म एक सुुको पनि नपाएको उनको गुनासो छ ।
साहले उपचारका क्रममा भएको खर्च ९ हजार ३ सय ६७ रुपैयाको विल सहित आवश्यक सम्पुर्ण कागजात बुझाई सकेका छन । तर बैंकले प्रक्रिया मै रहेको त कहिले फाईल पत्ता लगाएर भन्छु भन्दै फर्काउने गरेको साह परिवारको गुनासो छ । पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाएपनि धेरै जसो बचतकर्ता पटयारलाग्दो पर्खाइमा रहेको बुझिएको छ ।
यता बंैकका शाखा प्रबन्धक इश्वर यादवले डायमण्ड बचत योजना अन्तर्गत साहले पाउनु पर्ने उपचार खर्च हाल सम्म किन पाउन सकेन भन्ने बारे केन्द्रसँग बुझ्ने काम भईरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ