News Category 2081/05/04
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरीको विष्णुपुर गाउँपालिकाको विभिन्न विद्यालयहरुको अनुगमनका क्रममा मंगलबार एक विद्यालयका शिक्षक कक्षा कोठामै पुस्तकको सिरानी बनाएर सुतेको अवस्थामा भेटिएका छन् ।
जनता आधारभुत विद्यालय सिम्राहा सिगियोनमा विद्यालय अनुगमनका क्रममा बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, शिक्षा समिति सदस्य तथा वडा न १ का अध्यक्ष बलराम यादव, शिक्षा संयोजक रामेन्द्रनाथ यादव समेतको टोलीले अनुगमनका क्रममा सो दृश्य देखेपछि सामाजिक संजालमै फोटो पोष्ट गरेर शिक्षा र विद्यालयको अवस्था बारे चित्रण गरेका छन् ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले सामाजिक संजालमा शिक्षक कक्षा कोठामा सुतिरहेको पोष्ट गर्दै लेखेका छन्, “बिहानको ११.३० बजे जनता आधारभूत विधालय सिम्राहा सिगियोनमा छडके गर्दा शिक्षक लाल बहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव कक्षा कोठामै विधार्थी पढ्ने र शिक्षक पढाउने किताब सिरानी बनाई सुतिरहेका थिए ।”
त्यस्तै ११ बजेको समयमा पालिका अन्तर्गतका जनता मावि खुरहुरियामा अनुगमन गर्दा केहि शिक्षक शिक्षिका अनुपस्थित रहेको र आधारभूत विधालय मुसहर्नियामा पनि शिक्षक, शिक्षिकाहरु अनुपस्थित रहेको सोही पोष्टमा उल्लेख गरिएको छ ।
गुणस्तरीय शिक्षाको कुरा गर्दा विभिन्न बहानाबाजी गरि अनुपस्थित रहने र केही राजनीतिक व्यक्तिहरुको आडमा आन्दोलनमै जाने प्रवृति शिक्षकहरुको रहेको गाउँपालिका अध्यक्ष उमेशकुमार यादवको प्रतिक्रिया छ ।
“म निर्वाचित भएपछि पालिकाको शिक्षामा सुधार ल्याउन पटक पटक अनुमगन तथा शिक्षकहरुलाई पढाईमा ध्यान दिन आग्रह गरेपनि उहाँहरु सुध्रिन नसकेकोमा दुःख लागेको छ भन्दै उनले भने, “लाखौंको लगानी शिक्षामा गरेपनि शिक्षकहरुको यस्तो रवैयाले बालुवामा पानी हाले सरह भएको छ र विद्यार्थीको भविष्य अन्यौलग्रस्त बन्दैछ ।”
“शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सकिन्छ, नेपालमै पनि गुणस्तरिय शिक्षाको नारा विगत एक दशकदेखी घन्काइए पनि यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ” उनले सामाजिक संजाल मार्फत प्रश्न गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ