News Category 2081/05/06
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
सप्तरीको कंचनरूप नगरपालिकामा झण्डै तीन महिनाअघि एक महिलाको सवारी दुर्घट्नमा मृत्यु प्रकरणमा पक्राउ परेका पप्पु भनिने संजिव साहलाई पुर्पक्षका लागि बिहीवार कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालत ईजलाश नं. ७ का जिल्ला न्यायाधीश संजिव पोखरेलको ईजलाशले पुर्वपक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको हो । अदालतले साहलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले साहलाई गत साउन २१ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
कंचनरुप नगरपालिका वडा नं. ८ की ५७ वर्षीया जयमाला गुप्ताको गत जेठ ९ गते सवारीका ठक्करले मृत्यु भएको थियो । ठक्करले गम्भीर घाइते भएकी उनको विराटनगरमा उपचारका क्रममा ज्यान गएको थियो । यद्यपी ठक्कर दिने मोटरसाइकलको पहिचान भने हुन सकेको थिएन् ।
प्रहरीको लामो अनुसन्धानपछि कंचनरूप नगरपालिका वडा नं. ८ का साह पक्राउ परेका थिए । जेठ ९ गते राति साढे ८ बजे महायज्ञ स्थलबाट घर आउने क्रममा तत्काल नम्बर खुल्न नसकेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।
दुर्घटना भएको लामो समयसम्म प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका छोरा डा. तुलाकृष्ण गुप्ताले पत्रकार सम्मेलनमार्फत गुनासो पोख्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ