News Category 2081/05/07
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण, हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ योगिनीयामा बिहीबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि शुक्रबार बिहानैदेखी हनुमानगर बजार क्षेत्र तनावग्रस्त बनेको छ ।
भारदह–राजविराज सडक खण्डको जोगिनीयामा बिराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को.३०प. ८१०९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको को.१ख. ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रु बाहक वसले पछाडीबाट ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकल चालक हनुमाननगर कंकालिनी नगरपालिका ७ का १७ वर्षिय ध्रुव मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका थिए । घाइते मण्डललाई प्रहरीले तत्कालै उपचारका लागी राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रहरीले गाडी र चालक राजविराज नगरपालिका ८ निवासी रमेश कुमार राउतलाई नियन्त्रणमा लिएको छ । चालकमाथी सवारी ज्यान मुद्दा अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछी तत्कालै अस्पताल पु¥याईएकोमा चिकित्सकले मृत घोषित गरेको बताए ।
सो घटनापछी आक्रोशित आफन्तजन र स्थानीयवासीयले विहीवारै साँझ इलाका प्रहरी कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेका थिए । सोही प्रर्दशनलाई शुक्रवार पनि निरन्तरता दिदै स्थानीयले विहानैदेखी बजार क्षेत्रमा टायर बालेर प्रर्दशन, बीच सडक मै बेन्च र खाट राखेर चक्काजाम तथा बजार बन्द गराएका छन ।
प्रर्दशनमा पुर्वसासद अशोक कुमार मण्डल, वडाअध्यक्ष, आफन्तका साथै सर्वसाधारण सहभागी थिए । स्थानीयले बसको ठक्करबाट मण्डलको घटनास्थल मै मृत्यु भएको दाबीका साथ प्रहरीले सर्जमिन मुचुल्का प्रक्रिया पुरा नगरी मण्डलको शव घटनास्थलबाट हतार हतारमा लगेको आरोप लगाएका छन । उनीहरुले घटनाको छानवीन, दोषीलाई कारवाही तथा मृतक परिवारलाई उचित क्षतीपुर्ती दिनु पर्ने लगायतका माग अघि सारेका छन ।
प्रहरीले भने मण्डलको घटनास्थलमा मृत्यु नभएको र गम्भिर अवस्थामा रहेका उनलाई पहिला उपचारस्थलमा पु¥याई बचाउनु पर्ने भएकोले अस्पताल लगिएको दाबी गरेको छ ।
यता तनाव बढ्दै गएपछी ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको तथा प्रर्दशनकारीलाई सम्झ्याई बुझाई वार्ताको माध्यमबाट समाधानको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच बन्दको नाममा प्रर्दशनकारीले एक एम्बुलेन्सबाट गर्भवती महिलालाई ओराली तोडफोडका साथै चालकमामाथी आक्रमण गरी घाइते बनाएका छन् ।
सोको बिरोधमा सदरमुकाम राजविराजमा एम्बुलेन्स चालकहरु पनि आन्दोलित भएका छन । राजविराज–हनुमाननगर सडक खण्डको जिल्ला स्वास्थ्य कार्यालय अगाडी बीच सडक मै एम्बुलेन्सहरु तेस्¥याएर चक्काजाम गर्दै एम्बुलेन्स चालकहरुले प्रर्दशन गरेका छन ।
एम्बुलेन्स चालक संघ सप्तरीका अध्यक्ष सुदिलाल साहका अनुसार प्रर्दशनकारीले जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा संचालित एम्बुलेन्समा ढुगामुढा गरी तोडफोड गर्नुका साथै चालक महिनारायण यादवमाथी कुटपीट गरेका छन ।
कुटपिटबाट घाईते भएका चालक यादवको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । कुटपिट र तोडफोडमा संलग्नहरुलाई अविलम्ब पक्राउ, घाइतेको उपचार व्यवस्था मिलाउन तथा एम्बुलेन्सलाई निर्वाद रुपमा संचालन गर्न पाउनु पर्ने माग एम्बुलेन्स चालक संघको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ