News Category 2081/05/09
तालिम केन्द्रले रक्तदान गरी मनायो वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको सम्पर्क कार्यालयले आइतबार रक्तदान कार्यक्रम गरेको छ ।
चाडपर्व र मौसम परिवर्तनको समयमा अस्पतालमा विरामीको संख्या बृद्धि भई रगतको अभाव भएको जानकारी आएपछी छैठौं वार्षिकोत्वस रक्तदान कार्यक्रम गरी मनाइएको केन्द्रले जनाएको छ ।
प्रहरी बरिष्ठ उपरिक्षक गोपाल चन्द्र भट्टराईले रक्तदान जीवनदान भएकाले केन्द्रले आफ्नो वार्षिकोत्वसमा रक्तदान कार्यक्रम रोजेको बताए । उनले रगतको अभावले सुत्केरी महिला र अन्य विरामीले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा रक्तदाता उत्प्रेरणाका लागी पनि रक्तदान कार्यक्रम गर्ने निर्णय भएको जनाए ।
केन्द्रको परिसरमा रुपनी स्थित मधेश प्रदेश प्रहरी अस्पतालका प्रहरी अधिकृत डा. रोशन कुमार मिश्र तथा स्थानीय रक्तसंचार सेवा केन्द्रका इन्र्चाज नवीन झाको प्राविधीक सहयोगमा रगत संकलन गर्ने कार्य गरिएको थियो ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरिक्षक गोपाल चन्द्र भट्टराई सहित २१ जना प्रहरी कर्मचारीले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा प्रहरी मानबहादुर कार्की, संगिता विष्ट अनमोल खडका, अशोक साह, घनश्याम यादव, राकेश चौधरी, सुनिल कुर्मी, अञ्जली कठैत छन ।
यस्तै राजकुमार महतो, उत्तम कटवाल, अशोक कानु, तेजनारायण मण्डल, गायत्री दाहाल, राकेश राई, राजेन्द्र खडका, लिलाकान्त कोइराला, गोविन्द कटवाल लगायतले पनि रक्तदान गरेका छन । रक्तदान गर्ने मध्ये मानबहादुर कार्की र संगिता विष्ट पति पत्नी हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ