News Category 2081/05/10
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
सबल नेपालद्धारा सिरहाको कर्जन्हा नगरपालिका १ स्थित बाल्टीयामा निर्माण गरिएको नन्दबाबा खानेपानी आयोजना सोमबार एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।
बिएमजेड र भिसीएको मुख्य सहयोगमा डब्लुएचएचसँगको साझेदारी तथा कर्जन्हा नगरपालिका संगको समन्वय एवं सहकार्यमा संचालित सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सवलीकरण परियोजना बाट वडा नं १ मा पालिका, संस्था तथा स्थानीय समुदायको संयुक्त साझेदारीमा खानेपानी आयोजना निर्माण भई संचालनमा आएको छ ।
बि.सं. २०७६ फागुन २० गतेबाट शुरु भई बि.सं. २०८० चैत्र १७ गते सम्पन्न भएको उक्त संरचना निर्माण कार्यको लागि कुल १ करोड ६४ लाख ६८ हजार ८ सय १३ रुपैया खर्च भएको थियो जसका लागि सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ तथा समुदायले ३ लाख ८८ हजार ४ सय ८५ रुपैया खर्च व्योहोरेका जानकारी सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले गराए ।
कुल १ लाख ५० हजार लिटर पानी स्टोरेज क्षमता रहेको ओभरहेड संरचनासंगै स्वचालित रुपमा पानी शुद्धिकरणका उपकरण समेत जडान भएकोले धारा प्रणाली मार्फत ६ सय १९ घरधुरीमा शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच भएको छ ।
बिगतमा पानीको लागि ट्युवेल जडान गर्दा लेयर नलाग्ने जस्ता कारणले गर्दा वडा नं. १ का समुदायले ईनारको पानी खान बाध्य भएको आवश्यक्ता महसुस भई सबल नेपालसंगको सहकार्यमा निर्माणकार्य सम्भव भएको वडा अध्यक्ष फनिन्द्र पोखरेलले बताए ।
उक्त खानेपानी आयोजना नन्दबावा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत संचालनमा रहेको एवं यसकोे दिगोपनाको लागि प्रत्येक घर धुरीबाट न्युनतम १० युनिट प्रयोग गरे वापत ८० रुपैया संकलन गर्ने गरेको र थप प्रति युनिट वापत रु. ६ संकलन गर्ने गरेको उपभोक्ता समितिका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराए ।
प्रति युनिट अन्र्तगत १ हजार लिटर पानी प्रति घरधुरी जाने गरेको जानकारी समेत श्रेष्ठले गराउनु भएको छ । कार्यक्रममा कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडा वासिलाई पानी माथीको सहज पहुच भएको र यसको प्रभावकारीताको लागि नगरले थप कार्य गर्ने र सबल नेपाललाई नगरका अन्य वडा तथा समुदायमा समेत पानी समस्या रहेकोले साझेदारीको लागि आवहान समेत गरे ।
प्रमुख अतिथीको रुपमा रहेका नगर प्रमुख भोला पोखरेलले सबल नेपालसंगको साझेदारीमा वडा नं. १ मा कहि कतै नभएको १ घर १ धाराको निर्माण भएकोमा गर्व महसुस भएको र यस कार्यको लागि सबल नेपाललाई धन्यवाद समेत दिए ।
उक्त अवसरमा खानेपानी आयोेजना निर्माण कार्य सफलता पुर्वक सम्पन्न गर्न योगदा पु¥याएका नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कर्जन्हा नगरपालिका वडा नं. १ र कर्जन्हा नगरपालिकालाई सबल नेपालद्धारा सम्मान समेत गरेका थिए ।
कर्जन्हा नगरपालिका वडा नं. १ को नवनिर्मित भवन प्रागंणमा वडा नं. १ का अध्यक्ष फणिन्द्र पोखरेल अध्यक्षतामा तथा नगर प्रमुख भोला पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, कोषाध्यक्ष आयुश श्रेष्ठ, बरिष्ठ प्रबन्धक अशोक साह, परियोजना व्यवस्थापक परमेश्वर कुमार झा, परियोजना संयोजक शैलेन्द्र चौधरी तथा कर्जन्हा पालिका संयोजक रोजी श्रेष्ठको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन स्थानीय कृष्ण सुवेदीले संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ