News Category 2081/05/10
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
सप्तरी सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाले समय सीमाभन्दा दुई महिना बढी भइसक्दा पनि बजेट ल्याउन सकेका छैन ।
अगामी आर्थिक वर्षको बजेट ल्याउने मिति निर्धारण गर्न नसक्दा संघीय अनुदान कटौतीसँगै विकास निर्माणका काम, आन्तरिक आयमा वृद्धि लगायत काम प्रभावित हुने देखिएको छ । यस्तै कानुनी व्यवस्थाको अवज्ञा तथा जनप्रतिनिधिको कार्यक्षमता बारे समेत प्रश्न उठन थालेको छ ।
राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादवले स्थानीयतहको बजेट साउन १ गतेबाट कार्यान्वयनमा जान्छ, तर भदौ १० गते पार गर्न लाग्दा पनि राजविराज नगरपालिकाले बजेट ल्याउन नसकेको भन्दै सामाजिक संजालमा लेख्छन्, “बजेट समयमा नल्याउँदा अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने तयारी एकातीर पुग्दैन भने अर्को तिर नगरपालिकालाई आर्थिक नोक्सानी समेत व्यहोर्नु पर्नेछ ।”
आन्तरिक विवाद र तयारी नपुग्दा कानूनी व्यवस्था अनुसार अन्तिम मिति असार १० मा बजेट ल्याउन नसकेका नगरपालिकाले त्यस्को दुई महिना बढी हुन लाग्दा पनि मिति तय गर्न नसक्नु दुःखद भएको उनको कथन छ ।
उनले यसको प्रभाव अहिलेको कार्यकाललाई मात्र नभई २०८४ पछि नयाँ आउने जनप्रतिनिधिलाई र नगरवासीसमेतलाई पर्न गई समस्या र चुनौती थपिदै जाने बताए ।
समयमै नगरसभा सम्पन्न नभएपछि पालिकाको आर्थिक कारोवार, तलब भुक्तानी, विकास निर्माण लगायतका काम समेत प्रभावित हुने त्यहाँको कर्मचारीहरु बताउँछन् । जसपाको बहुमत रहेको पालिकामा उपप्रमुख ईसरत प्रवीण कार्यवाहकको जिम्मेवारी पाएकी छिन् ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङ्गले आन्तरिक तयारी गर्दा गर्दै ढिलो हुन गएको बताए । उनले योजनागत बाँडफाँटको कतिपय विषय टुंगो लागिसकेको र केही वडाको सिलिङ बन्दै गरेको भन्दै छिट्टै नै नगरसभाको मिति तोकिने जानकारी दिए । स्थानीयवासीले आन्तरिक खिचलो र विभिन्न विवादका कारण बजेट ल्याउन ढिलाई भइरहेको भन्दै उक्त विवाद तत्काल समाधान गरी नगरसभाको मिति अविलम्ब तोक्न माग गरेका छन् ।
नगरप्रमुख भीमराज यादव हाल निलम्बित अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बित भएका थिए । विशेष अदालतले उनको विपक्षमा आदेश दिएपछि अहिले उनी न्याय खोज्दै सर्वोच्च पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ