News Category 2081/05/14
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई वीमा वापतको रकम हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
कुमारी बैंक लिमिटेड राजविराज शाखाले परिवार सुरक्षा बचत खाता योजना अन्तरगत शुक्रबार एक दिर्घकालिन रोगीका बिरामीलाई वीमा वापतको रकम भुक्तान गरेको छ ।
झण्डै अढाई वर्षअघि सो बैंकमा खाता खोलेर ग्राहक बनेका राजविराज १ निवासी प्रमोद कुमार साहलाई रु. एक लाखको चेक बैंकका तर्फबाट ऋण अधिकृत कुमार प्रविणले हस्तान्तरण गरेका हुन् । ग्राहक साह दिर्घकालिन रोग क्यान्सरबाट पीडित छन् ।
ऋण अधिकृत प्रविणले साह क्यान्सर रोगबाट पीडित रहेको अस्पतालको सम्पूर्ण कागजपत्र तथा अन्य प्रमाण पेश गरेको तीन महिनाभित्र उक्त वीमा वापतको रकम भुक्तान गरेको दाबी समेत गरे । कुमारी बैंक राजविराज शाखाले हालसम्म ५० जना आफ्ना ग्राहकहरुलाई वीमा वापतको रकम भुक्तानी गरिसकेको जनाएको छ ।
यता कुमारी बैंकले हालसम्म नेपालभरि ८ करोड रुपैयाँ बराबरकोे बीमा वापतको रकम भुक्तानी गरिसकेको जनाएको छ ।
हालसम्म बैंकले चार हजार ५ सय ग्राहकहरुलाई उक्त वीमा रकम वापत भुक्तानी गरिसकेको जनाउँदै वीमा वापतको भुक्तानी सबै भन्दा बढी बागमती प्रदेशमा ३६ प्रतिशत, मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमश ः ११ र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान गरिसकेको सो बैंकले जनाएको छ ।
कुमारी बैंकले विगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बीमा कम्पनीहरुमार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको जनाएको छ ।
कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकाले यो बचत खाता ग्राहकहरुमाझ लोकप्रिय बन्दै गएको बैंकको दाबी छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय ९ शाखा, ३ सय १५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ