News Category 2081/05/14
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई वीमा वापतको रकम हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
कुमारी बैंक लिमिटेड राजविराज शाखाले परिवार सुरक्षा बचत खाता योजना अन्तरगत शुक्रबार एक दिर्घकालिन रोगीका बिरामीलाई वीमा वापतको रकम भुक्तान गरेको छ ।
झण्डै अढाई वर्षअघि सो बैंकमा खाता खोलेर ग्राहक बनेका राजविराज १ निवासी प्रमोद कुमार साहलाई रु. एक लाखको चेक बैंकका तर्फबाट ऋण अधिकृत कुमार प्रविणले हस्तान्तरण गरेका हुन् । ग्राहक साह दिर्घकालिन रोग क्यान्सरबाट पीडित छन् ।
ऋण अधिकृत प्रविणले साह क्यान्सर रोगबाट पीडित रहेको अस्पतालको सम्पूर्ण कागजपत्र तथा अन्य प्रमाण पेश गरेको तीन महिनाभित्र उक्त वीमा वापतको रकम भुक्तान गरेको दाबी समेत गरे । कुमारी बैंक राजविराज शाखाले हालसम्म ५० जना आफ्ना ग्राहकहरुलाई वीमा वापतको रकम भुक्तानी गरिसकेको जनाएको छ ।
यता कुमारी बैंकले हालसम्म नेपालभरि ८ करोड रुपैयाँ बराबरकोे बीमा वापतको रकम भुक्तानी गरिसकेको जनाएको छ ।
हालसम्म बैंकले चार हजार ५ सय ग्राहकहरुलाई उक्त वीमा रकम वापत भुक्तानी गरिसकेको जनाउँदै वीमा वापतको भुक्तानी सबै भन्दा बढी बागमती प्रदेशमा ३६ प्रतिशत, मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमश ः ११ र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान गरिसकेको सो बैंकले जनाएको छ ।
कुमारी बैंकले विगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बीमा कम्पनीहरुमार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको जनाएको छ ।
कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकाले यो बचत खाता ग्राहकहरुमाझ लोकप्रिय बन्दै गएको बैंकको दाबी छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय ९ शाखा, ३ सय १५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ