News Category 2081/05/14
सशस्त्र प्रहरी तालिम शिक्षालयको उद्घाटन
दैनिक समाचारदााता
राजविराज, १४ भदौ ।
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सप्तरीमा तालिम शिक्षालयको उद्घाटन गरेका छन् ।
महानिरिक्षक अर्यालले शुक्रबार सप्तरीको कन्चनरुप नगरपालिका वार्ड न. २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गरेका हुन् ।
सो अबसरमा माहनिरिक्षक अर्यालले गत बर्षमात्र नेपाल सरकारले स्तरोन्नती गरी सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक बर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गरे ।
बिपद ब्यबस्थापन, हुल तथा दंगा, सिमा सुरक्षा, युएन शान्ति स्थापना सम्बन्धी तालिमहरु संचालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अबदेखी बिशेष प्रक्रितीका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको उनको भनाई छ ।
एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एवं वाटर रेस्क्यू सम्बन्धित तालिमहरु उल्लेखित शिक्षालयमा संचालन गरिने महनिरिक्षक अर्यालले बताए ।
उद्घाट्न कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान काठमाडौंका सशस्त्र प्रहरी नायब महानिरिक्षक कमल गिरीले स्वागत मन्तब्य, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले मन्तब्य र शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरिक्षक दिग बिजय सुबेदीसमेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त बिभिन्न कार्यदेशहरुको सम्पादन प्रभाबकारी एबं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको हुँदा उक्त कार्यको उच्च कदर स्वरुप शिक्षालयका प्रमुख समादेशक एसएसपी दिग बिजय सुबेदीलाई महानिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी महानिरिक्षक प्रशंसाद्वारा बिभुषित गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ