News Category 2081/05/14
सशस्त्र प्रहरी तालिम शिक्षालयको उद्घाटन
दैनिक समाचारदााता
राजविराज, १४ भदौ ।
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सप्तरीमा तालिम शिक्षालयको उद्घाटन गरेका छन् ।
महानिरिक्षक अर्यालले शुक्रबार सप्तरीको कन्चनरुप नगरपालिका वार्ड न. २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गरेका हुन् ।
सो अबसरमा माहनिरिक्षक अर्यालले गत बर्षमात्र नेपाल सरकारले स्तरोन्नती गरी सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक बर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गरे ।
बिपद ब्यबस्थापन, हुल तथा दंगा, सिमा सुरक्षा, युएन शान्ति स्थापना सम्बन्धी तालिमहरु संचालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अबदेखी बिशेष प्रक्रितीका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको उनको भनाई छ ।
एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एवं वाटर रेस्क्यू सम्बन्धित तालिमहरु उल्लेखित शिक्षालयमा संचालन गरिने महनिरिक्षक अर्यालले बताए ।
उद्घाट्न कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान काठमाडौंका सशस्त्र प्रहरी नायब महानिरिक्षक कमल गिरीले स्वागत मन्तब्य, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले मन्तब्य र शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरिक्षक दिग बिजय सुबेदीसमेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त बिभिन्न कार्यदेशहरुको सम्पादन प्रभाबकारी एबं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको हुँदा उक्त कार्यको उच्च कदर स्वरुप शिक्षालयका प्रमुख समादेशक एसएसपी दिग बिजय सुबेदीलाई महानिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी महानिरिक्षक प्रशंसाद्वारा बिभुषित गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ