News Category 2081/05/14
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
दैनिक समाचारदााता
राजविराज, १४ भदौ ।
सिरहाको लहानस्थित भिनाजुको घरबाट निस्केका एक युवक ६६ दिनदेखी वेपत्ता छन् । सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन टोलका २६ वर्षिय दिनेश कुमार चौधरी वेपत्ता भएका हुन् ।
सिरहाको लहान नगरपालिका २० हरिनगरा टोलस्थित भिनाजुको घर गएका बेला गत असार ९ गते दिनेश वेपत्ता भएको परिवारजनले जनाएका छन् । दिदी सरिता र भिनाजु रामानन्दलाई बजार घुमेर आउँछु भनी निस्केका उनी हालसम्म फर्केर नआएको बुबा तेजनारायणले बताए ।
छोरा पत्ता लगाइदिन भन्दै उनले घटनाको भोलीपल्टै हुलिया विवरण सहितको निदेवन इलाका प्रहरी कार्यालय लहानमा दिए । तर, हालसम्म कतै कुनै सुराक नपाइएको उनले बताएका छन् । प्रहरीसँगै नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराएपनी हालसम्म फेला पर्न नसकेको आमा किसनी देवीले सुनाइन् ।
खोजीकार्यमा चौधरी दम्पत्तिलाई साथ र सहयोग दिइरहेका रुपनी गाउँपालिकाका समाजसेवी रंजित भगतले दिनेशका सबै साथी, घरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोज तलास गर्दा पनी कतै फेला पर्न नसकेको बताए ।
इलाका प्रहरी कार्यालय लहानले दिनेशको पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशै भरका प्रहरी कार्यालयमा पठाई खोजि कार्य जारि राखेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ