News Category 2081/05/16
पोष्टमार्टमका लागि खाल्डोबाट बँदेललाई निकालियो
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
चोरी शिकारीका क्रममा मारिएको बँदेललाई चार दिनपछी खाल्डोमा गाडिएको ठाउँबाट निकाली वन कार्यालयले पोष्टमार्टम गराउने तयारी गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी पलार क्षेत्रबाट गत भदौं १२ गते प्रहरीले को.२त.६९ नं. को ट्याक्टरमा मारेर राखिएको एउटा बँदेल बरामद गरेको थियो ।
भदौं १३ गते साँझ उक्त बँदेललाई सवडिभिजन वन कार्यालय कंचनपुरको परिसरमा खाल्डो खनी गाडिएको थियो । अवैध चोरी शिकारी गर्नेहरुले मारेको बँदेल पोष्टमार्टम बिना नै गाडिएको र चोरी शिकारीमा संलग्न भिआइपीहरुलाई जोगाउन खोजिएको भन्दै व्यापक आलोचना हुन थालेपछी सप्तरी डिभिजन वन कार्यालयको पहलमा आइतबार पोष्टमार्टमका लागि गाडिएको बँदेल खाल्डोबाट निकालिएको छ ।
खाल्डोबाट निकालिएको बँदेल पोष्टमार्टमका लागि शुरुमा कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्र लगिएकोमा त्यहा पशु चिकित्सक तत्काल उपलब्ध नरहेको जानकारी पश्चात् सदरमुकाम राजविराजस्थित जिल्ला पशु सेवा कार्यालय ल्याई पु¥याइएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख शुभाषचन्द्र दासले बताए ।
उनले पोष्टमार्टम रिपोर्ट आएपछि बँदेल मृत्युको स्पष्ट कारण पत्ता लाग्ने बताए । प्रहरीले वेवारिसे अवस्थामा मरेको बँदेल फेला परेको दाबी गर्दै आएको छ । तर स्थानीयले भने चोरी शिकारीमा संलग्न पूर्व तथा वहालवाला उच्चपदस्थ पदाधिकारीदेखी उच्च पहुँच भएका केही व्यक्तिलाई जोगाउन हतार हतारमा पोष्टमार्टम बिनै बँदेल गाडिएको बताउँदै आएका छन् ।
भदौं १२ को मध्यराती मारिएका बँदेल तथा सोही क्षेत्रबाट राइफल र गोलीसहित पूर्व डिआइजी ज्ञान विक्रम शाह, नेपाल प्रहरीका वहालवाला सई संजय न्यौपाने र पूर्वउपसभामूख गंगाप्रसाद यादवका छोरा आकाश यादवसहित १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोली पल्ट उक्त घटना फरक फरक भएको भन्दै प्रहरीले पक्राउ परेका सबैलाई जिम्मा जमानीमा छाडेको थियो ।
सो बारे चौतर्फी प्रश्न उठ्न थालेपछि पोष्टमार्टमका लागि बँदेललाई गाडिएको ठाउँबाट निकाली पोष्टमार्टमको तयारी गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ