News Category 2081/05/17
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
दैनिक समाचारदाता
राजविराज, १७ भदौ ।
अबैध चोरी सिकारी प्रकरणमा मुछिएकाहरुलाई नियन्त्रणमा राखी डिभीजन बन कार्यालय सप्तरीले अनुसन्धान सुरु गरेको छ ।
सहायक वन अधिकृत सचिन्द्र यादवलाई अनुसन्धान अधिकृत नै तोकेर सोमवारदेखी पक्राउ परेकाहरु उपर बन्यजन्तु संरक्षण ऐन बमोजिम अनुसन्धान सुरु गरिएको डिभिजन बन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए । घट्ना अनुसन्धान गर्न गठित दुई सदस्यीय अनुसन्धान टोलीमा रेन्जर संतोष यादव सदस्य छन ।
अबैध चोरी सिकारी गरी एक बदेल मारेको आरोपमा पक्राउ परेकाहरुलाई सव डिभीजन बन कार्यालय कंचनपुरको हिरासतका राखी अनुसन्धन गर्न सोमवार नै १० दिनको अनुमती म्याद समेत प्रदान गरिएको उनले जानकारी दिए ।
अनुसन्धान अधिकृत यादवले आफुहरुले पाएको समय अवधीमा बदेलको पोष्टमार्टम रिपोट, चोरी सिकारीमा संलग्न भनिएका ब्यक्तीहरुसंगको बयान, घटनास्थलको निरीक्षण, प्रकृति र अवस्था लगायतका विषयमा अध्यन अनुसन्धान गरी सम्बन्धित निकायमा प्रतिवेदन र मुद्दा प्रस्तुत गर्ने जानकारी दिए ।
यस अघि अबैध चोरी सिकारीमा संलग्न भएको आरोपमा पक्राउ परेर चार दिन अघि जिम्मा जमानीमा छाडिएका पुर्व डिआईजी ज्ञान विक्रम शाह, बहालवाला नेपाल प्रहरीका सइ संजय न्यौपाने सहित प्रहरीले ९ जनालाई फेरी पक्राउ गरी अघिल्लो दिन आईतवार बन कार्यालयलाई बुझाएको थियो ।
त्यस पछी बन कार्यालयले यस अघि पोष्टर्माटम बिनै गाडेको बदेललाई गाडीएको खाल्डोबाट निकालेर अघिल्लो दिन आईतवार पोष्टमार्टमका लागी जिल्ला पशु सेवा कार्यालय राजविराज पु¥याएको थियो ।
उक्त घटनामा हनुमाननगर कंकालिनी नगरपालिकाका अकाश यादव, जनार्दन राउत, ओमप्रकाश प्रसैला, लक्ष्मी मण्डल, शंकर यादव, तिरहुत गाउँपालिकाका लक्ष्मण मण्डल, राजविराजका रविन दास र सुनसरीका प्रदिप लिम्बु लगायत १० जनाको संलग्नता रहेको भनिए पनि हाल पुर्व उपसभामुख गंगा प्रसाद यादवको छोरा हनुमाननगर कंकालीनी नगरपालिकाका आकाश यादव भने पक्राउ पर्न नसकेको र खोजी भईरहेको प्रहरीलाई उद्धत गर्दै बन कार्यालयका एक अधिकारीले बताए ।
भदौ १२ गते मध्यरात सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी पलार क्षेत्रबाट प्रहरीले राइफल, गोली, शिकारमा प्रयोग हुने अन्य सरसमान तथा मारिएको बदेल सहित १० जनालाई पक्राउ गरेको थियो । तर पछि गएर प्रहरीले बदेललाई वेवारीसे अवस्थामा बरामद भएको भन्दै पक्राउ परेका सबैलाई जिम्मा जमानीमा छाडेपछी भीआईपी ब्यक्तीहलाई बचाउन खोजीएको भन्दै चर्काे विरोध हुन थालेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ