News Category 2081/05/23
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
दैनिक समाचारदाता
राजविराज, २३ भदौ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिहले खेलकुदमा लागेर प्रदेशका साथै देशको समेत नाउँ उच्च पार्ने यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले सकेसम्म पहल गर्ने बताएका छन् ।
आईतवार गृह जिल्लाको राजविराजमा सप्तरी क्रिकेट संघको ५ औं वार्षिक साधारण सभालाई प्रमुुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले कुलतमा लागेका युवालाई खेलकुदतर्फ आर्कषित गरेर उनीहरुको भविष्य सुर्धानु पर्ने कुरामा जोड दिदै भने, “यूवाहरु कुलतमा फस्नु चिन्ताको विषय हो, उनले भने–कुलतबाट जोगाई उनीहरुको उर्जा खेलकुद र मुलुक निर्माणमा लगाउनु आवश्यक छ ।”
कर्णाली प्रदेशमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट पनि बढी भन्दा बढी सहभागिता जनाई धेरै संख्यामा पदक हासिल गर्ने तर्फ प्रयत्नशिल रहन उनले आग्रह गरे ।
मुख्यमन्त्री सिंहले दुई वर्ष पछी मधेश प्रदेश मै ११ औं राष्ट्रिय खेलकुद प्रतियोगितको आयोजना हुने तय भईसकेको भन्दै यसका लागी जनकपुर, विरगंज र राजविराजमा खेलमैदान लगायत आवश्यक पूर्वाधार व्यवस्थापनका लागी केन्द्र सरकार समेतको सहयोग हासिल गर्ने प्रयत्नमा मधेश प्रदेश सरकार लागी परेको बताए ।
कार्यक्रममा जिल्लमा खेलकुदको विकासमा योगदान गरे वापत मुख्य मन्त्री सिंहलाई सप्तरी क्रिकेट संघको तर्फबाट अध्यक्ष आयुष श्रेष्ठले. दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन तथा २०८१÷०८२ को बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । एक वर्षको आयव्यय विवरणका साथै कार्यक्रममा उनले अगामी एक वर्ष भित्र जिल्लामा आयोजना गरीने महिला तथा पुरुष क्रिकेटका १३ वटा प्रतियोगिता र १÷१ वटा बन्द प्रशिक्षण तथा टर्फ पिच निर्माणबारे विस्तृत जानकारी गराएका थिए ।
संघका सचिव चन्दन कुमार यादवद्वारा संचालित कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, वडा अध्यक्ष शशी चौधरी लगायतले पनि बोल्दै शुभकामना दिएका थिए ।
स्वागत मनतब्य संघका उपाध्यक्ष निरज सिहले दिएका थिए । आईतवार नै मुख्यमन्त्री सिह सप्तरीको भारदहमा आयोजित एक कार्यक्रममा शहिदको बलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्न आपूm प्रतिबद्ध रहेको बताए ।
शहिद रामकृष्ण राउत स्मृती प्रतिष्ठानद्वारा आयोजित “शहिद रामकृष्ण राउतको नवौं स्मृतसभा” लाई सम्बोधन गर्दै उनले संघियताको रक्षा र मधेशमा ब्याप्त गरिबी, वेरोजगारी, अशिक्षालाई अन्त्य गर्न सके शहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
“संघियताको रक्षा र शहिद परिवारको समस्याबारे प्रदेश सरकार गम्भीर छ, मुख्यमन्त्री सिहले भने– दुबै सवालमा प्रदेश सरकार कहिल्यै कसै संग गलत सहमती सम्झौता गर्न सक्दैन ।”
उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राजकुमार राउतको अध्यक्षमा सम्पन्न कार्यक्रममा उनले शहिदको सम्मान गर्ने प्रयास स्वरुप भारदह अस्पतालको नामाकरण शहिद रामकृष्ण राउतको नामबाट गर्ने र उनको सालिक स्थापनामा समेत प्रदेश सरकार सघाउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ