News Category 2071/10/24
आगलागीमा करिब १० लाखको क्ष्ति
दैनिक संवाददाता
राजविराज, २३ माघ ।
सप्तरीको रम्पुरा मल्हनिया गाविस १ बिसनपुर टोलमा शुक्रबार बिहान आगलागी हुदाँ करिब १० लाख मुल्य बराबरको क्ष्ति भएको छ ।
स्थानीय सहदेव मुखियाको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुदाँ मुखियाको दुई वटा घर तथा छिमेकी महेन्द्र मुखिया र किसन देवी मुखियाको दुई दुई घर गरी ६ वटा घर तथा घरमा रहेका नगद, गरगहना, लताकपडा, धान, चामल, गहुँ समेत जलेर सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा करिब एक दर्जन पशु चौपाया तथा खसी बोका समेत जलेर नष्ट भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका असय मदन बहादुर यादवले जानकारी दिनुभयो ।
आगलागी स्थानीयबासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ