News Category 2081/05/25
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
सनातन हिन्दु धर्मको संरक्षण तथा सशक्तिकरण लगायतका विषयमा तीन जिल्लाका महिलालाई समेटेर आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद् सप्तरीद्वारा शम्भुनाथ नगरपालिका ८ पोखरीयामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सिरहा, उदयपुर र आयोजक सप्तरीका गरि १ सय २५ महिलाहरुको सहभागिता रहेको थियो ।
हिन्दु धर्म तथा हिन्दु धर्मावलम्बी परिवारको संरक्षण, एकता, हिन्दु धर्म संस्कृति, संस्कार, चाड पर्व, परम्पराको संरक्षण तथा हिन्दु धर्मावलम्बी नारीहरुको सशक्तिकरण र क्षमता विकास लगायतका उद्देश्य प्राप्तिका लागि उक्त कार्यक्रम चलाइएको आयोजक विश्व हिन्दु परिषद्का कोषाध्यक्ष कात्तिक चौधरीले बताए ।
उनकै अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि परिषद्का राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, सचिव रामनारायण ठाकुर लगायतले सनातन हिन्दु धर्मप्रति महिलाहरुको आकर्षण र सहभागिता बृद्धि, सशक्तिकरण तथा उनीहरुको जिवनशैलीमा सुधारका लागि यस्तो कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्रशिक्षणमा सहभागि महिलाहरुलाई जंगबहादुर सिंह, बृजेशकुमार झा, सुनिता ठाकुर, रामनारायण ठाकुर, लोकेन्द्र झा र मोहनकुमारले प्रशिक्षण दिएका थिए ।
समापन समारोहको संचालन परिषद्का प्रदेश सचिव जंगबहादुर सिंहले गरेका थिए । कार्यक्रममा संस्कार पक्षबारे सुनिता ठाकुरले सहजिकरण गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ