News Category 2081/05/26

जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 

दैनिक समाचारदाता

जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 

दैनिक समाचारदाता
राजविराज, २६ भदौं ।

    जिल्ला समन्वय समिती सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने भएको छ । यसका लागी बुधवारदेखी वातावरीण प्रभाव मुल्याङ्कन, भुमिको अवस्था र माटो परिक्षण लगायतका काम सूरु भएको छ । 
    जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा सभागृह भवन निर्माणका लागी २ करोड रुपैया बजेट विनियोजन गरेको जानकारी दिएका छन् । सोही बजेटबाट अत्याधुनिक र सुविधा सम्पन्न सभागृह भवन निर्माण गर्न लागिएको उनले बताए । 
    आउँदो १५ महिना भित्र काम सम्पन्न गर्ने गरी दुई तल्ले सुविधा सम्पन्न सभागृह भवन बनाउने लक्ष्य रहेको उनको भनाई छ । सभागृहमा क्यान्टिन, शौचालय, क्वाटर, खोनपानी, पार्किङ्ग लगायत सुविधाका साथै दक्षिण तर्फबाट भाडा प्रयोजनका लागी ५ वटा सटर भवन समेत निर्माण हुने समितीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट