News Category 2081/05/28
संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
संविधान दिवस मुल समारोह समितीको शुक्रबार बसेको बैठकले संविधान दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिती सप्तरीको सभाकक्षमा प्रमुख शिवनारायण साहको अध्यक्षतामा बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।
कार्यक्रम अन्तर्गत असोज २ गते धार्मिक तथा सार्वजनिक महत्वका स्थलहरुमा सरसफाई गर्ने कार्यक्रम हुनेछ । असोज ३ गते विहान जिल्ला समन्वय समिती प्राङ्गनणबाट प्रभातफेरी, गजेन्द्र चौकमा संविधान दिवस विशेष समारोह तथा शहिद परिवार र घाईतेलाई सम्मान गर्ने तथा साँझ घर घरमा दीप प्रज्वलन कार्यक्रम हुनेछन ।
असोज ४ गते बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण, बहिरा बालक स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा अदालत रोड र राजदेवी रोड सडक किनारामा बृक्षारोपण कार्यक्रमको आयोजना गरिनेछ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल, राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेन्द्र कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाउने, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विजय मण्डल, जनमत पार्टीका रामगमन साह, एमालेका चितरन्जन यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका अरुण देव, डिभिजन वन कार्यालयका शुभाष चन्द्र दास, जलश्रोत तथा सिचाई कार्यालयका मनोज साह, सामुदायीक सेवा केन्द्रका धीरेन्द्र दासका साथै विभिन्न पालिका र संघ संस्थाका प्रतिनीधी सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ