News Category 2081/05/28

हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 

दैनिक समाचारदाता

हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 

दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।

    गत असार ३ गते मुस्लिम समुदायको महान पर्व बकरइदका दिन एक पक्षको कुटाईबाट गम्भिर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका परिवारजनलाई मिलापत्र गर्न दवाव आउन थालेको गुनासो गरेका छन् । 
    शुक्रवार मृतक राजविराज ४ का ३२ वर्षिय औरन्गजेव मियाँका बुवा मो.हबिव, काका बबलु खान र भाई मो.तवरेज आलम लगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो गुनासो पोखेका हुन । 
    राजविराज ४ स्थित माछा हटियामा एक पक्षको कुटाईबाट गम्भिर घाइते भएका औरन्गजेवको घटनाको दुई दिन पछी उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पालमा मृत्यु भएको थियो । 
    राजविराज ४ स्थित रोयल इनफिल्ड अटोमोबाईलका संचालक औरन्गजेवमाथी जनावरको कुर्वानी तथा मदरसालाई सहयोगका विषयमा विवाद हुँदा धारिलो घरेलु हतियारको प्रयोग गरी हत्या गरिएको परिवारजनको भनाई छ । 
    पत्रकार सम्मेलनमा मृतक औरन्गजेवका बुआ मो.हबिबले पीडक पक्षले आर्थिक लेनदेन गरी घटना मिलाउन दबाव बढाउँदै लग्नुका साथै नमिले “तिम्रो परिवारमा यस्तो घट्ना फेरी दोहोरीन सक्ने” भन्दै चेतावनी समेत दिन थालेको सुनाए । 
    पीडक पक्ष पैसाको चलखेल गरी अपराध लुकाउने खेलमा लागेको भन्दै मुतकका आफन्तले सबैसंग न्यायका लागी अपिल गरेका छन । उनीहरुले औरन्गजेवको हत्यामा संलग्न भइ हाल फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत गरेका छन । 
    अढाई वर्ष अघि बिहे भएका व्यवसायी औरन्गजेवका श्रीमती र २ काखे शिशु छन । औरन्गजेवको हत्या संगै उनीहरुको विचल्ली भएको छ ।
    यता प्रहरीेले उक्त घटनामा संलग्न रहेका ७ आरोपी मध्ये राजविराज नगरपालिका वडा ३ का मो.नसिर, वडा २ का मो.आशिक खान र राजगढ गाउँपालिका ६ का मो.लाल खान गरी तीन जनालाई पक्राउ गरिसकेको छ । 
    उनीहरु सप्तरी जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागी राजविराज कारागारमा छन । घटनाका थप आरोपीत राजविराज नगरपालिका वडा २ का मो.असलम भन्ने तरवेज, वडा ३ का मो इमरान खान, मों इर्शाद र राजगढ गाउँपालिका ६ का मो.मिन्टु भन्ने हुसैन खान फरार छन । उनीहरुको ब्यापक खोजतलास भईरहेको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट