News Category 2081/05/28
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
सप्तरी जिल्ला बार एकाईको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ ।
अध्यक्षसहित कार्यसमितिको ११ तथा ५ केन्द्रिय पार्षदका लागि हुने निर्वाचनमा दुई समूह चुनावी मैदानमा छन् ।
एक समूहबाट अध्यक्ष पदमा उपेन्द्रप्रसाद यादव, सचिवमा सुरेश सिंह र सदस्यहरुमा दिपेश कुमार चौधरी, ज्ञानेन्द्र प्रसाद यादव, बिरबहादुर कडारी, महेन्द्र प्रसाद यादव र हेमनारायण चौधरी चुनावी प्रतिस्पर्धामा छन् । उक्त समूहबाट महेन्द्र प्रसाद देव, मनु खनाल, शंकर कुमार मिश्र, केशरलाल खंग र रमाकान्त चौधरी केन्द्रिय पार्षदका उम्मेदवार हुन् ।
त्यस्तै अर्को समूहबाट अध्यक्ष पदमा कामेश्वर यादव, सचिव रामएकवाल मण्डल तथा सदस्यमा लवेन्द्र प्रसाद देव, धिरेन्द्र लाभ, रामनरेश चौधरी, देवनाथ चौधरी र शिवनारायण यादव उम्मेदवार छन् । सोही समूहबाट ध्रुबकुमार मण्डल, श्यामनारयण यादव, भोजराज शर्मा, बलराम देव र कमलकुमार यादव केन्द्रिय पार्षदका उम्मेदवार छन् ।
यसअघि सहसचिव पदमा शैलजाकुमारी साहको एक मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी छिन् । यस्तै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दिलिप चौधरीले उम्मेदवारी फिर्ता लिँदा मिस्टर चौधरी तथा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका बैजनाथ चौधरीले उम्मेदवारी फिर्ता लिँदा निलमकुमारी यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक केशवप्रसाद दासले जानकारी दिए ।
त्यस्तै एक महिला सदस्य पदमा भने दुबै समूहबाट उम्मेदवारी नपरेपछि सो पद हाल रिक्त हुन गएको र पछि मनोनयन प्रक्रियाबाट पूर्ती गरिने निर्वाचन समितिका संयोजक दासले बताए ।
अध्यक्ष पदका दुबै उम्मेदवारले स्वच्छ, न्यायिक वातावरणको सृजना, पेशागत हकहीतको संरक्षण, न्यायमा सबैको पहुँच तथा न्यायपालिकाप्रति जनताको आस्था बढाउने लगायतका विषयमा काम गर्ने मतदाता समक्ष प्रतिबद्धता गर्ने गरेका छन् ।
अध्यक्ष पदका दुबै उम्मेदवार कानुन व्यवसायी माँझ लोकप्रिय भएकाले कसले बाजी मार्ला भन्ने आकलन गर्न कठिन भएको मतदाताहरु बताउछन् ।
दुई वर्षे कार्यकालका लागि हुने बार एकाईको निर्वाचनमा कुल १ सय ४ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ