News Category 2081/05/30
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा आईतवार माइक्रो वसको ठक्करबाट एक शिशुको मृत्यु पश्चात् उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य भएको छ ।
मृतक परिवारलाई १० लाख क्षतिपूर्ती दिने, घाइतेको उपचार खर्च व्यहोर्ने, जिल्लामा टाइम कार्ड लागु गर्ने र भारदह चौकमा आवश्यकता पहचिान गरि प्रहरी तथा ट्राफिक बीट व्यवस्थापन गर्ने सहमति भएपछि तनाव साम्य भएको हो ।
विहान ८ बजेतीर भारदहस्थित कंकालिनी मन्दिर नजिकै भएको सो घटनामा डेढ वर्षिय आर्दश अधिकारीको मृत्यु भएको थियो । हजुरआमा अनिता अधिकारी नाती आर्दशलाई लिएर बाटो पार गर्न उभिरहेका बेला अचानक राजविराजबाट विराटनगरतर्फ जादै गरेको प्रदेश १–००५–००१ज.३८६६ नम्बरको माइक्रोले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई उद्धार गरी उपचारका लागी विराटनगरस्थित एक अस्पताल पु¥याइएको थियो । पु¥याइएको आधी घण्टामै उपचारका क्रममा बालक आर्दशको मृत्यु भएको तथा हजुरआमा अनिताको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
घट्नापछी आक्रोशित मृतकका आफन्त तथा स्थानीयले विभिन्न ४ बुंदे माग अघि सार्दै ५ घण्टा राजमार्ग अवरुद्ध पार्नुका साथै ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन थालेका थिए ।
प्रर्दशनकारीले माइक्रो चालकलाई सवारी ज्यान मुद्दामा कारवाही, मृतकका परिवारलाई क्षतीपुर्ती, माइक्रो सिन्डीकेट खारेजी तथा कंकालिनी भगवती मन्दिर परिसरमा प्रहरी बिट स्थापना लगायतका माग अघि सारेका थिए ।
स्थिति असामान्य हुन थालेपछि इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपाल तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेसहितको पुगेको टोलीले पीडित पक्ष तथा माइक्रो संचालक पक्षलाई राखेर छलफल र सहमती गराएपछि अवरुद्ध राजमार्ग पाँच घण्टा पश्चात् सूचारु भएको छ ।
ठक्कर दिने माइक्रो र चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ का ३२ वर्षिय अब्दुल सतारलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/12/29 “अधिवेशनको सम्पूर्ण तयारी पुरा”
- 2081/12/29 “प्याकुरेललाई कारवाहीको माग”
- 2081/12/29 कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
- 2081/12/27 पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
- 2081/12/27 पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
- 2081/12/27 राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा
- 2081/12/27 कैद सजाय तोकिएका खंग कारागार चलान
- 2081/12/26 अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत
- 2081/12/26 राधाकृष्ण मन्दिरमा चोरी
- 2081/12/26 मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ