News Category 2071/10/26
न्यायिक भ्रष्टाचार सम्बन्धि काम नगर्ने अधिवक्ता चौधरीको प्रतिबद्धता
दैनिक संवाददाता
राजविराज, २५ माघ ।
नेपाल बार काउन्सिलका पाँच पार्षद्का लागि शनिबार सम्पन्न निर्वाचनमा चार क्षेत्रमा प्रजातान्त्रिक र एक क्षेत्रमा प्रगतिशिलका उम्मेदबार बिजयी भएका छन् ।
पुरावेदन बार इकाई कार्यालय राजविराजमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पूर्वाञ्चलबाट बिजयी हुनुभएका प्रजातान्त्रिकका अधिवक्ता हेमनारायण चौधरीले आफू न्यायिक भ्रष्टाचार सम्बन्धि काम नगर्ने प्रतिबद्धता जनाउँदै सगरमाथा अंचलबाटै पहिलो पटक आफूलाई पार्षदमा निर्वाचित गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
अधिवक्ता चौधरीले ४ सय ६२ मत ल्याइ बिजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्व प्रगतिशील समूहका सुरेशलाल श्रेष्ठले ३ सय ८९ मत ल्याउनुभएको थियो ।
उहाँलाई इलामबाट २१ मत, झापाबाट ५०, मोरङबाट १ सय ४७, धनकुटाबाट २०, सुनसरीबाट ७४, सप्तरी र सिरहाबाट १ सय २६ र उदयपुरबाट २४ मत प्राप्त भएको थियो ।
यस्तै मध्यमाञ्चलमा प्रगतिशिलका महेशकुमार नेपाल पश्चिमाञ्चलमा मोहननाथ कोइराला, मध्यपश्चिमाञ्चलमा वीरबहादुर रोकाया र सुदूपश्चिमाञ्चलमा वरिष्ठ अधिवक्ता रमेशदेव भट्ट निर्वाचित हुनुभएको छ ।
नेपाल बार बाउन्सिलले अधिवक्ताको प्रमाणपत्र तथा अधिवक्ताहरुको हकहितमा काम गर्ने तथा अधिवक्ता सम्बन्धि पर्ने उजुरीहरु हर्ने अधिकार रहेको नवनिर्वाचित पार्षद अधिवक्ता चौधरीले जानकारी दिनुभयो ।
काउन्सिलका अध्यक्षमा महान्यायाधिवक्ता पदेन अध्यक्ष, नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्षका साथै दुई पदेन पार्षद्मा सर्वोच्च अदालतका रजिस्ट्रार र कानुन संकायका डिन रहने कानुनी व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ