News Category 2071/10/26
न्यायिक भ्रष्टाचार सम्बन्धि काम नगर्ने अधिवक्ता चौधरीको प्रतिबद्धता
दैनिक संवाददाता
राजविराज, २५ माघ ।
नेपाल बार काउन्सिलका पाँच पार्षद्का लागि शनिबार सम्पन्न निर्वाचनमा चार क्षेत्रमा प्रजातान्त्रिक र एक क्षेत्रमा प्रगतिशिलका उम्मेदबार बिजयी भएका छन् ।
पुरावेदन बार इकाई कार्यालय राजविराजमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पूर्वाञ्चलबाट बिजयी हुनुभएका प्रजातान्त्रिकका अधिवक्ता हेमनारायण चौधरीले आफू न्यायिक भ्रष्टाचार सम्बन्धि काम नगर्ने प्रतिबद्धता जनाउँदै सगरमाथा अंचलबाटै पहिलो पटक आफूलाई पार्षदमा निर्वाचित गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
अधिवक्ता चौधरीले ४ सय ६२ मत ल्याइ बिजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्व प्रगतिशील समूहका सुरेशलाल श्रेष्ठले ३ सय ८९ मत ल्याउनुभएको थियो ।
उहाँलाई इलामबाट २१ मत, झापाबाट ५०, मोरङबाट १ सय ४७, धनकुटाबाट २०, सुनसरीबाट ७४, सप्तरी र सिरहाबाट १ सय २६ र उदयपुरबाट २४ मत प्राप्त भएको थियो ।
यस्तै मध्यमाञ्चलमा प्रगतिशिलका महेशकुमार नेपाल पश्चिमाञ्चलमा मोहननाथ कोइराला, मध्यपश्चिमाञ्चलमा वीरबहादुर रोकाया र सुदूपश्चिमाञ्चलमा वरिष्ठ अधिवक्ता रमेशदेव भट्ट निर्वाचित हुनुभएको छ ।
नेपाल बार बाउन्सिलले अधिवक्ताको प्रमाणपत्र तथा अधिवक्ताहरुको हकहितमा काम गर्ने तथा अधिवक्ता सम्बन्धि पर्ने उजुरीहरु हर्ने अधिकार रहेको नवनिर्वाचित पार्षद अधिवक्ता चौधरीले जानकारी दिनुभयो ।
काउन्सिलका अध्यक्षमा महान्यायाधिवक्ता पदेन अध्यक्ष, नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्षका साथै दुई पदेन पार्षद्मा सर्वोच्च अदालतका रजिस्ट्रार र कानुन संकायका डिन रहने कानुनी व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ