News Category 2081/06/07
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित

दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
नेपाली काँग्रेस ३ नं क्षेत्रिय समिति र नेविसंघ सप्तरीको संयुक्त आयोजना तथा नोवेल मेडिकल टिचिङ अस्पताल विराटनगर र केएमसी टिचिङ अस्पताल काठमाडौको प्राविधिक सहयाोगमा संचालित शिविरमा एक हजार भन्दा बढी विरामीले निशुल्क सेवा प्राप्त गरेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा सोमबार आयोजना गरिएको उक्त एकदिने निशुल्क स्वास्थ्य शिविरबाट एक हजार सात जना बिरामी लाभान्वित भएका हुन् । शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार याादवले उद्घाट्न गरेका छन् ।
उनले स्वास्थ्यको सुचाङ्कमा सप्तरी निकै पछाडी रहेकोले यस्ता स्वास्थ्य शिविरले गरिवी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई निकै राहत पु¥याउने विश्वास समेत व्यक्त गरे ।
सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले क्षेत्रको विकासका लागि आफूले विभिन्न खाका तयार पारी अगाडी बढेको र बर्षौंदेखि अलपत्र परेको महत्वपूर्ण योजनाहरु क्रमिक रुपमा कार्यान्वयनमा आउन थालेको बताए ।
उनले भारतीय सिमादेखि गाईघाट सडक सञ्जाल जोड्ने विषयबारे गम्भिर छलफल भईरहेको बताउँदै छिट्टै सो योजना पनि कार्यान्वयनमा आउने जानकारी दिए ।
शिविरमा मुटु रोग, नाक कान घाँटी रोग, छाला रोग, स्त्री रोग, बाल रोग, हाडजोर्नी रोग र आँखा सम्बन्धि रोगको निशुल्क उपचार सेवा प्रदान गरिएको शिविरका आयोजक काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपेन्द्र नारायण यादवले बताए ।
सांसद एवं बरिष्ठ डा. सुनिल शर्मा सहित एक दर्जन भन्दा बढी विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/12/29 “अधिवेशनको सम्पूर्ण तयारी पुरा”
- 2081/12/29 “प्याकुरेललाई कारवाहीको माग”
- 2081/12/29 कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
- 2081/12/27 पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
- 2081/12/27 पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
- 2081/12/27 राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा
- 2081/12/27 कैद सजाय तोकिएका खंग कारागार चलान
- 2081/12/26 अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत
- 2081/12/26 राधाकृष्ण मन्दिरमा चोरी
- 2081/12/26 मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ