News Category 2081/06/07
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
आफ्नो सन्तानको दिर्घायुको कामना गर्दै तराई मधेशमा सोमबारदेखि विधिवत् रुपमा जितिया पर्वको शुरुवात भएको छ ।
परापुर्वकालदेखि गरिदै आएको कठोर पर्व जितियाको पहिलो दिन सोमबार नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो ।
ब्रतको पहिलो दिन सोमबार ब्रत बस्ने महिलाले पोखरी वा जलाशयमामा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितवाहन र पितृलाई चिउरा, दही, तेल र पिना चढाउँछन् । यसरी जलाशयको घाटमा चढाईएको प्रसाद आफू र परिवारजनका सदस्यले खान्छन् भने घाटमा चढाईएको तेल सबैले टाउकोमा लगाउने चलन छ ।
व्रतको पहिलो दिनको पूजासकेपछि कोदोको रोटी, नोनीको साग र माछा खाने पौराणिक चलन रहिएको आएको छ र यसलाई स्थानीय भाषामा माछ–मरुवा पनि भनिन्छ ।
ब्रतको दोश्रो दिन मंगलबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन गर्नुपर्छ, अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । महिलाले ओंगठनमा च्यूरा दही खाएपछि उपवासको क्रम सुरु हुन्छ ।
यस बर्ष मंगलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार साँझ ५ बजेर २० मिनेट भएपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने पंडित रामकुमार शास्त्रीले बताए ।
रताई मधेशमा सबै भन्दा कठोर ब्रतको रुपमा रहेको जितियामा उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ र एक पटक ब्रत भंग भयो भने आजिवन ब्रत नबस्ने धार्मिक र पौराणिक मान्याता रहिआएको छ ।
यसैबीच ब्रतालु महिलाका लागि आशिया पार्टी प्यालेशद्वारा पोखरीको सरसफाई गरेको छ । जितिया पर्वप्रति सदासय देखाउँदै आशिया पार्टी प्यालेसले राजविराज नगरपालिका वडा नम्बर ११ स्थित पोखरी तथा घाटको सरसफाई गरेको हो ।
पार्टी प्यालेसका संचालक मो. अकबर हुुसैनले ब्रतालु महिलालाई पोखरीमा नुहाउन र पूजा गर्न सहज होस् भन्ने मनसायले पोखरी, घाटको सरफाई गरि घेरा लगाईदिएको बताए ।
‘यहाँका ब्रतालु महिलाका लागि सबै भन्दा कठोर पर्व जितियाको पहिलो दिन हजारौं महिला बिगतदेखि नै यस पोखरी नुहाएर पूजा गर्दै आएका छन् तर, पोखरी र घाटको फोहोर हेरेर मलाई राम्रो लागेन अनि व्यवस्थित रुपमा जितिया मनाउन सरसफाई गरेर घेरा पनि लगाई दिएको हुँ’ उनले भने, ‘यसले सामाजिक सदभाव बढाउनुका साथै ब्रती महिलालाई सहज भएको छ ।’
गत वर्ष पनि जितियामा उनले आफ्नै लगानीबाट पोखरीको सरसफाई तथा घेराबेरा गरि ब्रतालु महिलाहरुलाई जितिया मनाउन सघाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ