News Category 2081/06/08
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
अत्याधिक गर्मी बढेका कारण सप्तरीको कंचनरुप नगरपालिकाले मंगलवार देखी २ दिनका लागी विद्यालय बन्द गरेको छ ।
एकसाता यता तापक्रम बढेर ४० डिग्री पार गरेपछि विद्यार्थीको स्वास्थमा पार्ने प्रभावलाई ध्यानमा राखी नगरक्षेत्रका सबै विद्यालय दुई दिनका लागी बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
“गर्मी अत्याधिक बढेकाले खासगरी स–साना बालबालिकालाई निकै समस्या छ, नगर प्रमुख ललन प्रसाद गुप्ताले भने–विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावको राय अनुसार दुई दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।”
उनले गर्मीलाई ध्यानमा राखी असोज ८ र ९ गते विद्यालय बन्द तथा असोज १० देखी १६ सम्म दिउसोको सट्टा विहान पठनपाठन गर्ने÷गराउने निर्णय भएको जानकारी समेत दिए ।
गर्मीलाई ध्यानमा राखी विद्यालय बन्द गरेकै दिन मंगलवार विहान हल्का वर्षा हुदा त्यस क्षेत्रमा केही राहत महसुस गरिएको स्थानीयले जानकारी दिएका छन ।
कंचनरुप नगरपालिका क्षेत्रमा समान्य वर्षा भएपनि सदरमुकाम राजविराजमा भने वर्षा भएन । यद्धपी हल्ला बादल लागेपछी तापक्रममा केही गिरावट आउदा जितीया पर्वमा सहभागी व्रतालु महिलाहरुले पनि केही राहत महशुस गरेका छन ।
प्रचण्ड गर्मी र घामका कारण विगत एक सातादेखी जनजीवन कष्टकर बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ