News Category 2081/06/08
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मधेसमा भइरहेको दाइजो प्रथा र बालबिवाह सम्बन्धि बिकृतिहरुलाई न्युनिकरण गरि हटाउनुपर्ने बताएका छन् ।
सेभ द चिल्ड्रेन, सबल नेपाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले मंगलबार राजविराजमा आयोजना गरेको बालविवाह, उमेर नपुगी हुने विवाह तथा जबरजस्ती हुने विवाह रोकथामका लागि बालसंरक्षण संयन्त्रहरु, स्थानीय सरकार र विभिन्न सरोकारवाला निकाय तथा संघसंस्थाहरुको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
उनले मधेसका जिल्लाहरुमा दहेज प्रथा र बालबिवाहको घटनाहरु भइरहेकोले त्यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड समेत दिए । समाजमा असल नागरिकहरुलाई सजक बनाइ समाजमा भइरहेको भेदभाव र बिभिन्न बिकृतिहरुको अन्त्य गरि बालबिवाह बारे गाउँ÷गाउँमा चेतना जगाउनुपर्ने उनको सुझाव थियो ।
“बाल बिवाहले बाल मृत्युदर बढी हुन्छ र यसले कम उमेरमा बच्चा जनमाएमा पनि महिलाहरुलाई स्वास्थ्यमा समेत असर गर्नेगर्छ” मन्त्री साहले भने, “शारीरिक, मानसिक तवरले पनि समस्या हुने गरेकोले त्यसलाई नियन्त्रण गर्नुपर्छ ।”
यस्तै मधेसमा भइरहेको दाइजो प्रथाका कारण अधिकांस परिवार पीडित भइरहेको भन्दै दाइजोमुक्त समाज निर्माण गर्ने तर्फ सबै मिली लाग्नु पर्ने जिकिर गरे । उनले बालबिवाहले महिलाहरुको मृत्युदर बढने देखिएकाले नेपालको कानुन अनुसार उमेर पुगेपछि मात्र बिवाह गनुपर्नेमा जोड दिदै छोरीहरुलाई छोरा सरह शिक्षा दिक्षा दिन अभिभावकहरुलाई आग्रह समेत गरे ।
राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बहादुर बाँनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, जिल्लाका स्थानिय तहका जनप्रतिनिधि, बिभिन्न कार्यालयका कर्मचारी, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बालक्लबका बालबालिका तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ