News Category 2081/06/14
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच सय बालबालिकालाई शैक्षिक सामग्री
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन उद्देश्यका साथ राजगढ गाउँपालिकाका एक विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सो गाउँपालिका ४ बेल्ही चेपनास्थित श्री जनता माध्यमिक विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी ५ सय जना बालबालिकालाई स्कूल ब्याग, कापी, पेन्सिल, ईरेजर, कटर, टाई बेल्ट लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा ४ सय बालबालिकालाई चार सय दरले छात्रवृति रकम समेत वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले छोराछोरीलाई राम्रो शिक्षा दिने अभिभावकहरुको रहर हुँदा हुँदै आर्थिक अभावका कारण रहर पुरा गर्न असमर्थ रहने गरेको पाईएकाले शैक्षिकस्तर उन्नति कार्यक्रम अन्तरगत पालिका भित्रका विद्यालयहरुमा क्रमिक रुपमा शैक्षिक सामग्री वितरण कार्यक्रम थालिएको बताए ।
समाजसेवी एवम् राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले शिक्षातर्फ आकर्षित गराउन तथा विद्यालयमा निरन्तर उपस्थितिका लागि प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले थालेको प्रयास प्रशंसनीय रहेको बताए ।
उनले यस्तो कार्यक्रम प्रभावकारी बनाउन शिक्षक र अभिभावक दुवैले सहयोग गर्नुपर्ने बताए । अभिभावकले आ आफ्ना बालबालिकालाई समयमा तयार गरेर विद्यालय पठाउन तथा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै उनले प्राप्त शैक्षिक सामग्रीको सदुपयोग गर्न बालबालिकालाई सुझाव समेत दिए ।
विद्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष अशोक साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर मण्डल, सदस्य अभिनन्दन मण्डल, बुतनी सदा, प्राध्यानाध्यापक रविन्द्र साह, अभिभावक राजकुमार मण्डल लगायतले पनि बोल्दै यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालयमा पहुँच र पढाईमा आकर्षण बढाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ