News Category 2081/06/15
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्ला अन्तर्गत फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगरसम्म २५ किलोमिटर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने प्रदेश सरकार समक्ष प्रस्तावसहित ध्यानाकर्षण गराएका छन् ।
मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा “दोश्रो आवधिक योजना आ.व. २०८१÷८२–२०८५÷८६ को परिमार्जित मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै उनले उक्त प्रस्तावसँगै मधेश प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सरकारको पञ्च वर्षिय मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै मन्त्री लेखीले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाको फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगर सम्मको २५ किलोमिटर क्षेत्र कोशी टप्पु बन्यजन्तु आरक्षणको सिमावर्ती क्षेत्रमा प्रदेश सरकारले लगानी गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिए ।
उनले ती क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरे जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै स्थानिय आयश्रोतमा बृद्धि समेत हुने उल्लेख गरे । मन्त्री लेखीले ती क्षेत्रमा रोजगारीको वातावरण सृजना हुनुका साथै थोरै भएपनि बेरोजगारी समस्या न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारको ध्यानकर्षण गराए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ