News Category 2081/06/17
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
सप्तरीको उद्योग व्यवसाय धरासायी बन्न लागेको भन्दै उद्योगि व्यवसायीहरुले गुनासो गरेका छन् ।
उद्योग बाणिज्य संघ सप्तरीद्वारा बिहीबार आयोजित दशैं, तिहार, छठ र नेपाल सम्वत ११४५ को शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
आर्थिक मन्दी, बैंकको ब्याज, कच्चा पदार्थको अभाव, अव्यवहारिक मौद्रिक र कर नीति तथा बिटौरी, ब्लक र स्थानीय मार्गको मापदण्ड लगायत विभिन्न जग्गा रोक्का र फुकुवामा रोक लगायतका कारणले उद्योगी व्यवसाय धरापमा पर्दै गएको गुनासो गरेका हुन् ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानले राजविराज नगरपालिकामा मात्रै ६८ विगहा जती बिटौरी जग्गामा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ४ हजार ७ सय परिवार अझै लालपूर्जा पाउन नसक्दा समस्यामा परेका बेला बैंक र बित्तिय संस्थामा सो जग्गा धितो राखी ऋण कर्जा पाउन नसकेको बताए ।
उनले बिटौरी, ब्लक र स्थानीय मार्ग मापदण्ड लगायतका जग्गा रोक्का, फुकुवा र नक्शा पासमा वर्षौदेखी रोक लगाइएका कारण त्यस्ता जग्गामा बसोवास गर्ने र व्यापार, व्यवसाय संचालन गर्ने व्यवसायीहरु मारमा परेको उल्लेख गरे ।
उनले संकट परेको बेला कुनै कुनै व्यक्तिले उद्योगि व्यवसायीसँग सापटी लिने र पछिगएर पैसा पचाउने नियतले अहिले आएर प्रहरी प्रशासनमा मिटरब्याजीको नाममा निवेदन दिएर फसाउन खोजेको भन्दै यसतर्फ पनि गम्भिरतापूर्वक ध्यान दिइनु पर्ने प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीको ध्यानाकर्षण गराए ।
सोही कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालल बैंकको ब्याज, कच्चा पदार्थको अभाव, जिर्ण बाटोघाटो, अव्यवहारीक कर लगायतका कारणले यहाँका उद्योगि व्यवसायीहरु घरवार बेचेर पलायन हुन थालेको बताए । उनले उद्योग व्यवसाय नचल्दा एकातिर बजारमा एकपछि अर्को पसलहरु बन्द हुन थालेको र अर्कोतिर अब्यवाहरीक कर, बजार अनुगमनको नाउँमा व्यापारीलाई कारोबारमै असर पर्नेगरि ठूलो रकम जरिवाना तिनुपरेको बताए ।
उनले ब्यापार व्यवसाय चौपट बन्दै गएको बेला बैंकले पनि ऋण र ब्याज चुक्ताका लागि मानसिक, आर्थिक र सामाजिक तनाव दिन थालेपछि यहाँका उद्योगि व्यवसायी गम्भिर समस्यामा परेको बताए ।
कार्यक्रममा संघका महासचिव अमृत संचेती, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले शुभकामनासहित उद्योगि व्यवसायीहरुको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी मंग्रातीले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ