News Category 2081/06/18
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिदै पदभार ग्रहण गरेका छन ।
शुक्रवार सप्तरीको बोदबर्साईन नगरपालिका ५ स्थित गुदरी हाटमा आयोजना गरीएको कार्यक्रममा बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिदै पदभार गरेका हुन ।
हालै सम्पन्न निर्वाचनमा नगर व्यापार समितीको अध्यक्षमा देवनारायण साह, उपाध्यक्षमा राधेश्याम भगत, नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह र कोषाध्यक्षमा ज्योति देवी अग्रवाल निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरुमा राज कुमार साह बिरेन्द्र्र, मनोज कुमार यादव, मिथलेश कुमार यादव, प्र्रमोद कुमार साह, भदौ देवी साह, अझर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपती साह र आसुतोष कुमार यादव निर्वाचित भएका थिए ।
सप्तरी उधोग बाणिज्य सघका अध्यक्ष लालु प्रसाद अग्रवालले नगर समितीका अध्यक्ष साहललाई शपथ ग्रहण गराएका थिए । अन्य निर्वाचित पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष साहले शपथ ग्रहण गराए ।
सप्तरी उद्योग बाणिजय संघका अध्यक्ष लालुप्रसाद अग्रवालले दशै लगायतका ठुला चाडपर्व सुरु भइसक्दा पनि बजारमा रौनक नदेखिएको उल्लेख गरे ।
उनले बजारमा भन्सार छलीका समान छ्याप छ्रयाप्ती बिक्री भइरहेको बताउदै यसले स्थानीय व्यापारमा धक्का पु¥याएको, बैंकको ब्याजले सताएको र अनुगमनका नाममा प्रशासनले व्यपारीहरुमाथी नै दुःख दिने काम भइरहेको भन्दै आक्रोश समेत पोखे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद अनिरुद्ध प्रसाद सिह यादव, संविधान सभा सदस्य सुरेन्द्र यादव, बोदेवसाईन नगरपालिकाका मेयर आतेस सिह यादव, महिला नेतृ डा.बबि सिह यादव लगायतले व्यापार व्यवसाय क्षेत्रमा देखिएको समस्याहरु समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ