News Category 2081/06/20
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
मुलुकको प्रसिद्ध शक्तीपीठ मध्ये एक सप्तरीको छिन्नमस्ता मन्दिरमा दशैंको आवश्यक सम्पुर्ण तयारी पुरा गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकामा अवस्थित तथा नेपाल र भारतका हिन्दु धर्मावलम्बी माझ ख्याती प्राप्त यस मन्दिरमा विषेश गरी दशैका वेला लाखौ श्रद्धालु आउने गरेका छन ।
यस पल्ट ३० लाख श्रद्धालु आउने अनुमान सहित आवश्यक तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । गत वर्ष झण्डै २५ लाखको हाराहारीमा श्रद्धालु पुजाआजा तथा दर्शनका लागी छिन्नमस्ता भगवनी मन्दीर आएको अध्यक्ष चौधरीको भनाई छ ।
लाखौको संख्यामा आउने भक्तजनका लागी खानेपानी, शौचालय, रात विताउनका लागी उपयुक्त वासस्थल, स्वास्थ्य शिवीर, २४ सै घण्टा विद्युत सेवा, भीड व्यवस्थापन, पार्किङ्ग, मन्दिर आसपासका पसलको नियमित अनुगमन, सहज दर्शन र पुजापाठ तथा सुरक्षा लगायतको तयारी गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
यस कार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल र सशस्त्र प्रहरी, विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस, खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यालय लगायत विभिन्न कार्यालय र संघ संस्थाको समेत साथ र सहयोग रहेको उनले बताए ।
अन्य दिन पनि यहाँ ठुलो संख्यामा भक्तजनहरु आउने गरेपनि दशैका वेला पृmुलपाती देखी टिका सम्म दैनिक लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ