News Category 2081/06/21
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
चाडपर्वको बेला पनि राजविराजमा सुपथ मुल्यमा सस्तो पसल संचालनमा आउन सकेको छैन । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी चार÷पाँच वर्ष अघि लाग्दै गरेको सुपथ मुल्यमा सस्तो पसल यस पटक भने संचालनमा आउन सकेको छैन् ।
चाड पर्वलाई मध्यनजर गर्दै विगतमा उधोग बाणिज्य संघको पहलमा सुपथ मुल्यमा सस्तो पसल संचालन गरिदै आएको थियो । जसकारण उपभोक्तामा निराशा देखिएका छन् । विगतमा स्थानीय प्रशासन र उधोग बाणिज्य संघको पहलमा दैनिक उपभोग्य बस्तुको सस्तो पसल संचालन हुदै आएको थियो ।
स्थानीयस्तरमा सस्तो र गुणस्तरीय उपभोग्य सामान पाइन्छ भन्ने सन्देश दिन पनि चाडवाडका बेला सस्तो बजार खोल्नु पर्ने आवश्यकता ास्रहेको स्थानीय बिरेन्द्र साह बताउछन् । राजनीतिकर्मी गजेन्द्र मण्डल नेपाली ग्राहकहरुको अहिले सीमावर्ती भारतीय बजार कुनौलीमा भीड लाग्ने गरेको भन्दै नेपाल मै पनि भारतीय बजार जस्तै सस्तो सामान उपलब्ध गराउने गरि सस्तो पसल संचालन आवश्यक रहेको बताउँछन । उपभोक्ताको भारतीय बजार कुनौली मोह रोक्न पनि सस्तो बजार संचालनलाई निरन्तरता दिनु पर्ने उनको सुझाव समेत छ ।
उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधानले सीमावर्ती भारतीय बजारम कायम रहेको उपभोग्य सामग्रीको दररेट अनुसार नै यहाँ पनि सोही अनुसार कायम गर्न सकेमात्र सस्तो पसलको औचित्य रहने बताउँछन । उनी भन्छन, “१० किलोमिटर मात्रको दुरीमा रहेको भारतको कुनौली बजारमा पाइने समान र त्यहाँ कायम मूल्य यहाँ कायम नगरे सम्म सस्तो पसल खोले पनि ग्राहक आउने सम्भावना न्युन छ ।”
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्सालीले भ्याट र उच्च भन्सार शुल्कका कारण यहाँ भन्दा ३० देखी ४० प्रतिशत सम्म कमदरमा भारतीय बजारमा सरसमान पाइने भएकाले यहाँका उपभोक्ताको भारतीय बजार तर्फ आकर्षण बढेको बताए । उनी भन्छन्, “त्यहाँ घटि तौल दिए पनि, नक्कली समान दिए पनि सस्तोमा पाइन्छ भन्ने सोचका कारण पनि यहाँका उपभोक्ता उत्तै जाने गरेका छन ।”
उधोग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले चाड पर्वका बेला पनि यहाको बजार सुनसान र सीमावर्ती भारतको कुनौली बजार गुलजार देखिएको बताए । “चाड पर्वका बेला पनि बजारमा कारोबार छैन, व्यापारीमा उत्साह छैन, ऋण लिएर दशै तिहार र छठ पर्वका लागी समान किनेर पसलमा राखेका छन, उनले भने–तर ग्राहकको अतोपतो छैन ।”
उनले यस्तो समस्या समाधानका लागी सरकारी स्तरबाटै आवश्यक पहल हुनु जरुरी रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ