News Category 2081/07/02
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका २ सय २२ परिवारले राहत स्वरुप नगद रकम प्राप्त गरेका छन् ।
शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ९ कार्यालयमा आयोजित “कोशीबाढी प्रभावित घरधुरीका लागि नगद हस्तान्तरण कार्यक्रम”मा यस्तो सहयोग उपलब्ध गराइएको हो ।
विश्व खाद्य कार्यक्रमको सहयोग, सेवक नेपालको आयोजना तथा ९ नं. वडा कार्यालयको समनवयमा उक्त वडाका २ सय २२ परिवारलाई जनही १५ हजारका दरले नगद सहयोग उपलब्ध गराइएको हो ।
पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तरगत उक्त पालिकाका बाढी प्रभावित घरधुरीका करिब १ हजार ३ सय भन्दा बढी बाढी पीडितले हालसम्म नगद सहयोग प्राप्त गरिसकेको सेवक नेपाल संस्थाका कार्यक्रम प्रमुख मुरारी शुक्लाले बताए ।
उनले कोशी बाढीबाट प्रभावित व्यक्तिको पहिचान सम्बन्धीत वडा कार्यालय, स्थानीय विपद् व्यवस्थापन समितिका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिसमेत राखेर निश्पक्ष ढंगले चयन गरिएको दाबी समेत गरेका छन् ।
वडाअध्यक्ष हरिचन्द्र बर्माले पनि बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पश्चात् सुविधा पाउने पीडितको पहिचान र सूची तयार गरि नगद सहयोग बितरण गरिएको जनाएका छन् ।
यता शुक्रबारै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका बाढी पीडितहरुले हालसम्म राहत बितरण भएका र अब पाउन बाँकी रहेकाहरुको नामावली सार्वजनिक गर्न, बास्तविक बाढी पीडितलाई राहत उपलब्ध गराउन, राहत बितरण प्रक्रियालाई व्यवस्थित बनाउन तथा राहत बितरण प्रक्रियाको छानबिन हुनु पर्ने लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ