News Category 2081/07/02
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका २ सय २२ परिवारले राहत स्वरुप नगद रकम प्राप्त गरेका छन् ।
शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ९ कार्यालयमा आयोजित “कोशीबाढी प्रभावित घरधुरीका लागि नगद हस्तान्तरण कार्यक्रम”मा यस्तो सहयोग उपलब्ध गराइएको हो ।
विश्व खाद्य कार्यक्रमको सहयोग, सेवक नेपालको आयोजना तथा ९ नं. वडा कार्यालयको समनवयमा उक्त वडाका २ सय २२ परिवारलाई जनही १५ हजारका दरले नगद सहयोग उपलब्ध गराइएको हो ।
पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तरगत उक्त पालिकाका बाढी प्रभावित घरधुरीका करिब १ हजार ३ सय भन्दा बढी बाढी पीडितले हालसम्म नगद सहयोग प्राप्त गरिसकेको सेवक नेपाल संस्थाका कार्यक्रम प्रमुख मुरारी शुक्लाले बताए ।
उनले कोशी बाढीबाट प्रभावित व्यक्तिको पहिचान सम्बन्धीत वडा कार्यालय, स्थानीय विपद् व्यवस्थापन समितिका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिसमेत राखेर निश्पक्ष ढंगले चयन गरिएको दाबी समेत गरेका छन् ।
वडाअध्यक्ष हरिचन्द्र बर्माले पनि बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पश्चात् सुविधा पाउने पीडितको पहिचान र सूची तयार गरि नगद सहयोग बितरण गरिएको जनाएका छन् ।
यता शुक्रबारै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका बाढी पीडितहरुले हालसम्म राहत बितरण भएका र अब पाउन बाँकी रहेकाहरुको नामावली सार्वजनिक गर्न, बास्तविक बाढी पीडितलाई राहत उपलब्ध गराउन, राहत बितरण प्रक्रियालाई व्यवस्थित बनाउन तथा राहत बितरण प्रक्रियाको छानबिन हुनु पर्ने लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ