News Category 2081/07/04
यात्रुबाहक वस पल्टिदा एकको मृत्यु, २२ जना घाईते
दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
मोटरसाईकललाई ठक्कर दिएर अनियन्त्रित भई यात्रुबाहक वस पल्टिदा आइतबार बिहान सप्तरीमा एक जनाको ज्यान गएको छ ।
दुर्घट्नामा मोटरसाईकल चालकसहित २२ जना घाईते भएका छन । जस मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
उदयपुरबाट काकडभिट्टातर्फ जादै गरेको प्रदेश १–०१–००१ख.४१२ नम्बरको यात्रुबाहक वसले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका २ बरमझिया सडक खण्डमा विपरित दिशाबाट आउदै गरेको स.५प.१५९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदै अनियन्त्रित भई पल्टिएर सो दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा वस सवार धनकुट्टाकी ५३ वर्षिया मैया राईको घटनास्थल मै मृत्यु भएको इलकाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।
दुर्घटनामा मोटरसाईकल चालक कंचनरुप नगरपालिका २ बरमझिया निवासी २५ वर्षिय सुमित पण्डित सहित २२ जना घाईते भएका छन । जस मध्ये मोटरसाइकल चालक पण्डित सहित गम्भीर घाईते भएका तीन जनाको विराटनगरस्थित न्यूरो अस्पताल तथा अन्यको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटना पछी बस चालक भने फरार भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी जीतेन्द्र कुमार वस्नेतले बताए ।
तिब्र गतिमा रहेको बसले मोटरसाइकललाई ठक्कर दिएपछी नियन्त्रण गुमाउँदा सो दुर्घट्ना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएके छ ।
मृतकको शव गजेन्द्र नारायण सिह अस्पताल पु¥याइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ