News Category 2081/07/05
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
मधेश प्रदेश सभा सदस्य एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारी कर्यालयको सेवा चुस्तदुरुस्त, निष्पक्ष र भ्रष्टाचार रहित बनाईनुपर्नेमा जोड दिएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यालय प्रमुखहरुको मासिक बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले जनसरोकारका विभिन्न कार्यालयहरुमा कर्मचारीद्वारा लेनदेन र काममा ढिलासुस्ती भईरहेको सेवाग्राहीबाट गुनासो आईरहेको भन्दै यसलाई रोक्न प्रमुख जिल्ला अधिकारीले पनि कडाईका साथ आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
“विभिन्न कार्यालयमा सेवा प्रवाहमा समस्या, ढिलासुस्ती, मनपरीतन्त्र तथा आर्थिक चलखेलका कारण बेलाबेलमा जनता र जनप्रतिनिधिबाट समेत आक्रोश व्यक्त भई तनाव उत्पन्न हुने गरेको छ, बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको ध्यानाकर्षण गराउँदै उनले थपे, यस तर्फ कडाईका साथ अनुगमन गर्नु जरुरी छ ।”
मधेश प्रदेशका पुर्व शिक्षामन्त्री समेत रहेका उनले सुशासनको प्रत्याभूती गराउन पनि सम्पूर्ण क्षेत्रको सेवा प्रभावकारी बनाईनु आवश्यक रहेको बताए ।
जिल्लाभरका सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी मग्रातीले आ–आफ्नो कार्यालयबाट निष्पक्ष, विना कुनै लेनदेन र छिटो छरितो सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । उनले भ्रष्टाचार अन्त्य भए मात्र सुशासन कायम हुने भन्दै यसका लागि सबै कर्मचारी जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ