News Category 2081/07/05
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
मधेश प्रदेश सभा सदस्य एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारी कर्यालयको सेवा चुस्तदुरुस्त, निष्पक्ष र भ्रष्टाचार रहित बनाईनुपर्नेमा जोड दिएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यालय प्रमुखहरुको मासिक बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले जनसरोकारका विभिन्न कार्यालयहरुमा कर्मचारीद्वारा लेनदेन र काममा ढिलासुस्ती भईरहेको सेवाग्राहीबाट गुनासो आईरहेको भन्दै यसलाई रोक्न प्रमुख जिल्ला अधिकारीले पनि कडाईका साथ आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
“विभिन्न कार्यालयमा सेवा प्रवाहमा समस्या, ढिलासुस्ती, मनपरीतन्त्र तथा आर्थिक चलखेलका कारण बेलाबेलमा जनता र जनप्रतिनिधिबाट समेत आक्रोश व्यक्त भई तनाव उत्पन्न हुने गरेको छ, बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको ध्यानाकर्षण गराउँदै उनले थपे, यस तर्फ कडाईका साथ अनुगमन गर्नु जरुरी छ ।”
मधेश प्रदेशका पुर्व शिक्षामन्त्री समेत रहेका उनले सुशासनको प्रत्याभूती गराउन पनि सम्पूर्ण क्षेत्रको सेवा प्रभावकारी बनाईनु आवश्यक रहेको बताए ।
जिल्लाभरका सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी मग्रातीले आ–आफ्नो कार्यालयबाट निष्पक्ष, विना कुनै लेनदेन र छिटो छरितो सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । उनले भ्रष्टाचार अन्त्य भए मात्र सुशासन कायम हुने भन्दै यसका लागि सबै कर्मचारी जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ