News Category 2081/07/05
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
राजविराज नगरपालिका ६८ विगहा क्षेत्रको बिटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै सोमबार नेपाली काँग्रेस सप्तरीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
राजविराज नगरक्षेत्रमा बसोबास गर्ने ४ हजार ६ सय परिवार बर्षौंदेखि लालपुर्जा आफ्नो नाममा प्राप्त गर्न नसकेको तथा नक्सापाश समेत रोकिँदा समस्या परेको भन्दै काँग्रेस सप्तरीका पदाधिकारी सम्मिलित टोलीले नगरमा प्रदर्शन पश्चात प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
काँग्रेस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव र सचिव सनत कुमार मण्डलसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाईएको ज्ञापनपत्रमा बि.स. २०१६ सालमै नगरपालिका घोषणा भई नगरको मुख्य सडक मेनरोड तथा भित्रि सडकको दायाँबायाँ पुस्तौंदेखि बसोबास गर्दै आएका करिब ४ हजार ६ सय परिवार बर्षौैदेखि लालपुर्जा पाउन नसकि समस्यामा परेको उल्लेख छ ।
जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदको आधारमा बसोबास र विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक र वित्तिय संस्थामा धितो राखि ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्तित भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
“विगत ७ बर्ष देखि श्रेस्ता र कम्प्युटरमा कुनै रेकर्ड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि नगरवासी बैंक तथा वित्तिय संस्थाबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित छन्, ज्ञापनपत्रमा भनिएको छ,– बिटौरी जग्गाको बर्षौदेखि कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा र नक्सापास उपलब्ध नगराउँदा बैक तथा वित्तिय संस्थाले त्यस्तो जग्गा धितो राख्न मानेका छैनन् । जसकारण व्यापार, व्यवसाय चौपट्ट हुनुका साथै शिक्षा, उपचार र व्यापारिक कारोवार लगायतका काम गर्न पनि नगरवासीलाई समस्या परेको छ ।
पुस्तौं देखि बसोबास गर्दै आएको आफ्नै जग्गा पनि समस्या पर्दा बैंक तथा वित्तिय संस्थामा राखेर ऋण लिन नपाउनु दुखद र निन्दनीय भएको भन्दै ज्ञापनपत्र मार्फत नगरवासी उक्त पीडा अविलम्ब सम्बोधन नभए बाध्य भई चरणबद्धमा उत्रिने चेतावनी समेत दिईएको छ ।
काँग्रेसका क्षेत्रिय सभापति उमेश मिश्र, जिल्ला सदस्य शम्भुलाल देव, प्रेस युनिययन सप्तरीका सचिव रामानन्द देव, महिला नेतृ निर्मला चौधरी समेतको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मग्राती तत्कालै सम्बन्धित कर्यालययमा पठाउने प्रतिवद्धता जनाएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ