News Category 2081/07/07
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
महिलालाई कामदारलाई बलात्कार गरेको आरोपमा राजविराजस्थित एक रेष्टुरेन्ट पसल संचालक पक्राउ परेका छन् ।
राजविराजको मुख्य बजार वडा नं. ४ मेनरोडस्थित “होटल तन्दुरी रेष्टुरेन्ट” का संचालक २८ वर्षिय आकाश आदर्श भनिने आकाश साह हलुवाईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार आफ्नै रेष्टुरेन्टमा काम गर्ने महिलालाई कोठामा थुनेर जबरजस्ती करणी गरेको र सोको भिडियो समेत बनाई “सामाजिक संजालमा भाइरल गरिदिन्छु” भन्दै पटक पटक बलात्कार गरेको आरोपमा साह पक्राउ परेका हुन् ।
२३ वर्षिया पीडित महिला एक साताअघि सन्चो नभएपछि उनी रेष्टुरेन्टकै कोठामा आराम गर्दै गरेको अवस्थामा संचालक साहले मुख थुनेर धाकधम्की दिँदै बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएकी छिन् ।
बलात्कार गरेको भिडियो मोबाइलमा खिचेर त्यसपछी पटक पटक सामाजिक संजालमा भाइरल गरिदिन्छु भन्दै बलात्कार गरेको ती महिलाले प्रहरी समक्ष बताएकी छिन् ।
पीडित महिलाको बयान र उजुरीको आधारमा साहलाई असोज ३० गते पक्राउ गरि प्रथम पटक ७ दिनको म्याद थपिएको थियो । उक्त म्याद सकिएपछी बुधबार सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा थप ७ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ