News Category 2081/07/07
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
महिलालाई कामदारलाई बलात्कार गरेको आरोपमा राजविराजस्थित एक रेष्टुरेन्ट पसल संचालक पक्राउ परेका छन् ।
राजविराजको मुख्य बजार वडा नं. ४ मेनरोडस्थित “होटल तन्दुरी रेष्टुरेन्ट” का संचालक २८ वर्षिय आकाश आदर्श भनिने आकाश साह हलुवाईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार आफ्नै रेष्टुरेन्टमा काम गर्ने महिलालाई कोठामा थुनेर जबरजस्ती करणी गरेको र सोको भिडियो समेत बनाई “सामाजिक संजालमा भाइरल गरिदिन्छु” भन्दै पटक पटक बलात्कार गरेको आरोपमा साह पक्राउ परेका हुन् ।
२३ वर्षिया पीडित महिला एक साताअघि सन्चो नभएपछि उनी रेष्टुरेन्टकै कोठामा आराम गर्दै गरेको अवस्थामा संचालक साहले मुख थुनेर धाकधम्की दिँदै बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएकी छिन् ।
बलात्कार गरेको भिडियो मोबाइलमा खिचेर त्यसपछी पटक पटक सामाजिक संजालमा भाइरल गरिदिन्छु भन्दै बलात्कार गरेको ती महिलाले प्रहरी समक्ष बताएकी छिन् ।
पीडित महिलाको बयान र उजुरीको आधारमा साहलाई असोज ३० गते पक्राउ गरि प्रथम पटक ७ दिनको म्याद थपिएको थियो । उक्त म्याद सकिएपछी बुधबार सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा थप ७ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ