News Category 2081/07/08
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
नेपाल टे«ड युनियन काँग्रेस सप्तरीले आवद्ध सबै पेशागत संघ संगठनलाई संगठित र सक्रिय बनाउने निर्णय गरेको छ । यसका लागि टे«ड युनियन काँग्रेसमा आवद्ध सबै शुभेच्छुक संघ र संगठनको भेला, छलफल तथा प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै रुपमा संचालन गरिने भएको छ ।
बिहीबार नेपाली काँग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित नेपाल टे«ड युनियन काँग्रेस सप्तरीको प्रथम जिल्ला परिषद्मा आवद्ध संघ, संगठनका प्रतिनिधिहरुको सुझावमा यस्तो निर्णय गरिएको नेपाल टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलले जानकारी दिए ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको टे«ड युनियनको गतिबिधी विगतको तुलनामा कमजोर भई आवद्ध संघ, संगठनमा समेत असर परेको तथा अगुवाहरुमा निराशा छाएको भन्दै सहभागि वक्ताहरुले उनीहरुमा आशा जगाउन पनि भेला, छलफल र प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै क्रममा अघि बढाउनु आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले मातहतका शुभेच्छुक संस्था बलियो भए काँग्रेस पनि बलियो हुने भन्दै टे«ड युनियन र सो मातहतका संघ, संगठनलाई संगठित, गतिलो बनाउन तथा उनका अगुवाहरुमा उत्साह र उर्जा थप्न आफूले सक्दो सहयोग गर्ने बताए ।
टे«ड युनियन काँग्रेस स्व. नेता गिरिजा प्रसाद कोइरालाले स्थापना गरेको स्मरण गर्दै उनले संगठनलाई निवन्त राख्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।
नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलले टे«ड युनियन काँग्रेसको सांगठनिक संरचनालाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता महसुस गरिएको भन्दै यसका लागि पार्टी भित्रको गुट उपगुट परित्याग गरि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
जिल्ला परिषद्मा टे«ड युनियन काँग्रेस सप्तरीका सचिव रामप्रसाद यादवले सांगठनिक तथा कोषाध्यक्ष प्रमोद कुमार यादवले कोषाध्यक्षीय प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति उमेश मिश्र, टे«ड युनियन काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष बैधनाथ यादव, एम्ब्रोडी ह्यान्डी क्राप्ट तथा सिलाई बुनाई श्रमिक केन्द्र मधेश प्रदेशका अध्यक्ष कमल परियार, नेपाल टे«ड युनियन काँग्रेस सप्तरीका उपाध्यक्ष नन्देश्वर मण्डल, प्रेस युनियन सप्तरीका सचिव रामानन्द देव, कारखाना मजदुर श्रमिक संघका अध्यक्ष गजेन्द्र प्रसाद गुप्ता रौनियार, नेपाल शिक्षक संघका राजदेव यादव, नेपाल सार्वजनिक कर्मचारी संघका बिजय यादव लगायतले पनि बोल्दै टे«ड युनियनकर्मीको समस्या र समाधान बारे आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ