News Category 2081/07/10
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे स्थानीयद्वारा छानबिनको माग
दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा राहत वितरण प्रक्रियामा भएको धाँधली र सोही क्रममा वडाअध्यक्षबाट एक लाभग्राही माथी भएको हातपात बारे स्थानीयले छानबिन गरी दोषी माथी कारबाहीको माग गरेका छन् ।
शनिवार घटनास्थलमै पीडितपक्षले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माँग गरेका हुन् ।
ठुलो संख्यामा भेला भएका स्थानीयले अघिल्लो दिन बिहीवार वडा नं. ४ कार्यालयद्वारा विपद् प्रभावित महिला तथा किशोरीहरुका लागि आयोजित किड्स वितरण कार्यक्रममा वडाअध्यक्ष मुनिलाल मुखियाले सोही वडा निवासी डोमी सुतिहारलाई हातपात गरेको गुनासो गर्दै उनीमाथी कारबाहीको माग गरेका छन् ।
उनीहरुले किड्स वितरणमा मात्र नभई बाढी प्रभावित परिवारका लागि नगद् १५ हजार रुपैयाँ राहत वितरण कार्यमा समेत धाँधली भएको भन्दै सोको छानबिन हुनु पर्ने माँग गरेका छन् ।
पत्रकार सम्मेलनमा स्थानीयबासी डोमी सुतिहारले बाढी प्रभावित परिवारका लागि वडा कार्यालयले चलाएको विकड्स वितरण कार्य मनपरी ढंगले भइृ रहेको देखे पछि विरोध गर्दा एक्कासी वडा अध्यक्ष मुखियाले आफुमाथी मुक्का बर्साउन थालेको गुनासो पोखे ।
स्थानीय समाजसेवी सुरजित सिंह गुड्डु्ले १५ हजार नगद र किड्स वितरण दुवै राहत कार्यमा वडाअध्यक्षले आफ्नो आसे पासे, कार्यकर्ता र आफन्तलाई प्राथमिक्तामा राखेको बताए । उनले पाउनु पर्ने वास्तविक पीडितलाई छुट्याएर मनपरी ढंगले गरिएको राहत वितरण प्रक्रियाको उच्चस्तरीय छानबिन हुनुपर्ने माँग गरेका छन् ।
स्थानीयबासी प्रमोद शर्माले वडामा बाडिएको राहत वास्तविक भन्दा गैर बाढी पीडितले बढी पाएको भन्दै सोको छानबिन हुनु पर्ने माग गरे । उनले छुटेका वास्तविक घर परिवारको पहिचान गरी पुनः राहत वितरण प्रक्रिया शुरु गर्नु पर्ने बताए । उनले वास्तविक प्रभावितले राहत पाउनु पर्ने माँग गर्दा स्थानीय डोमी सुतिहारलाई कुटपिट गर्ने वडाअध्यक्षलाई कारबाही हुनु पर्ने माँग समेत गरे ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले कुटपिट तथा राहत वितरण विवादको विषयवारे जानकारी प्राप्त भएको तथा समस्या समाधानका लागि आफुले पहल थालिसकेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ