News Category 2081/07/10
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे स्थानीयद्वारा छानबिनको माग
दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा राहत वितरण प्रक्रियामा भएको धाँधली र सोही क्रममा वडाअध्यक्षबाट एक लाभग्राही माथी भएको हातपात बारे स्थानीयले छानबिन गरी दोषी माथी कारबाहीको माग गरेका छन् ।
शनिवार घटनास्थलमै पीडितपक्षले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माँग गरेका हुन् ।
ठुलो संख्यामा भेला भएका स्थानीयले अघिल्लो दिन बिहीवार वडा नं. ४ कार्यालयद्वारा विपद् प्रभावित महिला तथा किशोरीहरुका लागि आयोजित किड्स वितरण कार्यक्रममा वडाअध्यक्ष मुनिलाल मुखियाले सोही वडा निवासी डोमी सुतिहारलाई हातपात गरेको गुनासो गर्दै उनीमाथी कारबाहीको माग गरेका छन् ।
उनीहरुले किड्स वितरणमा मात्र नभई बाढी प्रभावित परिवारका लागि नगद् १५ हजार रुपैयाँ राहत वितरण कार्यमा समेत धाँधली भएको भन्दै सोको छानबिन हुनु पर्ने माँग गरेका छन् ।
पत्रकार सम्मेलनमा स्थानीयबासी डोमी सुतिहारले बाढी प्रभावित परिवारका लागि वडा कार्यालयले चलाएको विकड्स वितरण कार्य मनपरी ढंगले भइृ रहेको देखे पछि विरोध गर्दा एक्कासी वडा अध्यक्ष मुखियाले आफुमाथी मुक्का बर्साउन थालेको गुनासो पोखे ।
स्थानीय समाजसेवी सुरजित सिंह गुड्डु्ले १५ हजार नगद र किड्स वितरण दुवै राहत कार्यमा वडाअध्यक्षले आफ्नो आसे पासे, कार्यकर्ता र आफन्तलाई प्राथमिक्तामा राखेको बताए । उनले पाउनु पर्ने वास्तविक पीडितलाई छुट्याएर मनपरी ढंगले गरिएको राहत वितरण प्रक्रियाको उच्चस्तरीय छानबिन हुनुपर्ने माँग गरेका छन् ।
स्थानीयबासी प्रमोद शर्माले वडामा बाडिएको राहत वास्तविक भन्दा गैर बाढी पीडितले बढी पाएको भन्दै सोको छानबिन हुनु पर्ने माग गरे । उनले छुटेका वास्तविक घर परिवारको पहिचान गरी पुनः राहत वितरण प्रक्रिया शुरु गर्नु पर्ने बताए । उनले वास्तविक प्रभावितले राहत पाउनु पर्ने माँग गर्दा स्थानीय डोमी सुतिहारलाई कुटपिट गर्ने वडाअध्यक्षलाई कारबाही हुनु पर्ने माँग समेत गरे ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले कुटपिट तथा राहत वितरण विवादको विषयवारे जानकारी प्राप्त भएको तथा समस्या समाधानका लागि आफुले पहल थालिसकेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ